Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतबाट आएका मजदुरलाई विद्यालयमा थन्क्याइयो, क्वारेन्टाइन रित्तै

काठमाडौं । कोरोना संक्रमणको डरले स्वदेश फर्किन लागेका एक सय २६ नेपाली अझै भारतको वनबासा र टनकपुर क्षेत्रमा अलपत्र परेका छन् । उनीहरूलाई भारतले विद्यालयमा राखेको छ । तर, भारतबाट नेपाल प्रवेश गरेका नेपाली मातृभूमिमा प्रवेश गर्दा पनि सुरक्षित राखिएको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कञ्चनपुरमा चार सयको हाराहारीमा क्वारेन्टाइन बेड निर्माण गरिएका छन् । तर, ती अधिकांश रित्तै छन् । भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छैन । कञ्चनपुरमा नौ स्थानीय तह र दुई वडाले गरी चार सय क्वारेन्टाइन बेड निर्माण गरेका छन् ।

भीमदत्त नगरपालिका–२ ले २० र शुक्लाफाँटा नगरपालिकाको १ नम्बर वडाले आफ्नै पहलमा २० बेड निर्माण गरेका छन् । कञ्चनपुरमा निर्माण भएका क्वारेन्टाइनमा अहिलेसम्म ४० जना मात्रै बसेका छन् । बाँकी साढे तीन सय बेड रित्तै भए पनि भारतबाट फर्किएका ७२ जना मजदुरलाई भने एक सामुदायिक विद्यालयमा थन्क्याइएको छ ।

मंगलबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि ल्याइएका १८ र महाकाली नगरपालिका–१ बैलबन्दबाट ल्याइएका ५० जनासहित बुधबार थपिएका सातजनालाई बैजनाथ माध्यमिक विद्यालयमा राखिएको छ । दुई रातदेखि उनीहरू बैजनाथ माध्यमिक विद्यालयमा सकसबीच बसिरहेका छन् ।

भारतका विभिन्न स्थानबाट पैदल हिँडेर तीन दिनअघि स्वदेश आइपुगेका उनीहरूलाई क्वारेन्टाइनको साटो विद्यालयमा राखिएपछि उनीहरू बेच्नमा सुत्न बाध्य भएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिप्रसाद खतिवडाले भने अहिले राखिएको स्थान पनि क्वारेन्टाइन नै भएको दाबी गरेका छन् । तर, सबैलाई यसरी राख्दा संक्रमणको जोखिम रहेको भन्दै पीडितका आफन्तले सुरक्षित क्वारेन्टाइनमा राख्न माग गरिरहेका छन् ।

बैजनाथ माध्यमिक विद्यालयदेखि नजिकै आइसिएच भवनमा भीमदत्त नगरपालिकाले सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ, तर त्यो क्वारेन्टाइनमा ती नेपालीलाई राखिएको छैन । बैजनाथ माध्यमिक विद्यालयमा दुई दिनदेखि बस्दै आएका नेपालीले के जेलमा राख्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीय भानदेव भट्ट भारतको मानेश्वर गुडगाउँ ट्रान्सपोर्टमा रोजगारी गर्दै आएका थिए । उनी पनि भारतमा कम्पनी बन्द भएपछि लकडाउनकै बीचमा कम्पनीकै ट्रक चढेर दिल्ली पुगेका थिए ।

‘हामी त्यहाँ कम्पनी बन्द भएपछि कतै पैदल त कतै ट्रकमा चढेर आफ्नो मातृभूमि फर्र्कियौँ,’ उनले भने, ‘नेपाल आइपुग्दा झन् असुरक्षित भएँ ।’ बेन्चमा सुत्नुपर्ने बाध्यता मात्र होइन, लामखुट्टेको टोकाइले बिरामी हुने चिन्ता पनि उनीहरूमा छ । ‘कि क्वारेन्टाइनमा राखियोस्, कि होम क्वारेन्टाइनमा बस्न दिइयोस्,’ उनले गुनासो गरे । विद्यालयमा रहेकालाई खाना भने सशस्त्र प्रहरीले खुवाएको छ ।

स्वदेशको पीडाले झस्कायो

दिल्लीबाट पैदल घर फर्किएका डिलासैनी गाउँपालिका–६ बैतडीका मनिराद दमाईले पनि विद्यालयमा बस्न समस्या भएको दुखेसो पोखे । झन्डै १४ वर्षदेखि उनी दिल्लीको एक जुस पसलका काम गर्दै आएका थिए । ‘भारतमा लकडाउन लम्बिने भएकाले मालिकले घर जान भनेपछि म घर फर्किएको हुँ,’ उनले भने, ‘आफ्नै भूमिमा पुग्दा यस्तो सकस होला भन्ने सोचेको थिइनँ ।’ एउटै कोठामा १०–१२ जना राखिएकाले संक्रमणको जोखिम रहेको भन्दै उनले लामखुट्टेको टोकाइबाट अरू रोग लाग्न सक्ने चिन्ता पनि व्यक्त गरे ।

भारतको गुडगाउँमा क्यान्टिनमा काम गर्दै आएका वेदकोट नगरपालिका–९ सुन्दरपुरका सुरेन्द्र कुँवरको दुःख पनि त्यस्तै छ । चार दिन पैदल हिँडेर नेपाल आइपुगेका उनले नेपाल आइपुगेपछि खुसी हुन नसकेको बताए ।

अहिले राखिएको स्थानमा राम्रै मानिस पनि बिरामी हुने बताए । जसोतसो बसिरहेकाहरूलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको गुनासो पनि सुनिएको छ । लकडाउन उल्लंघन गरेकाले कारबाहीमा परेको भन्दै प्रहरीका अधिकारीहरू आएर जस्तै समस्या देखिए पनि चुपचाप बस्न चेतावनी दिने गरेको गुनासो उनीहरूले गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies