Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

टोकियो । कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले रोकिएका विश्वका केही प्रमुख खेलबारे यहाँ उल्लेख गरिएको छ ।

टोकियो ओलम्पिक २०२०
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गतहप्ता टोकियो ओलम्पिक एक वर्ष सारेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबे सँगको भेटघाटपछि आयोजक आईओसीले टोकियो ओलम्पिक सारेको हो । चारैतिरबाट लगातार विरोध र आलोचना भएपछि आईओसीले निर्णय लिन ढिला गरेन । यसअघि टोकियो ओलम्पिक २०२० जुलाई २४ देखि सुरु हुने मिति तय गरिएको थियो । प्रत्येक चार वर्षपछि हुने ओलम्पिक यसपटक पाँच वर्षपछि हुने भएको छ ।

ग्रीसको एथेन्समा सन् १८९६ मा पहिले आधुनिक ओलम्पिकको आयोजनापछि ३२औँ संस्करण जापानको टोकियो सहरमा हुन लागेको हो । प्रत्येक चार वर्षमा हुने विश्व खेलकुदको सबभन्दा ठूलो मेला ओलम्पिक अहिलेसम्म विश्व युद्धले बाहेक अन्य कारणले रद्ध भएको इतिहास छैन ।

अन्तर्राष्ट्रिय फुटबल
– युरो–२०२० विश्वकपपछि फुटबलको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल मेला हो । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने मिति तोएिको थियो तर कोरोना भाइरसका कारण अब युरो कप पनि २०२१ मा मत्र हुने भएको छ । यसैगरी महिला युरो सन् २०२१ मा जुलाई ७ देखि अगस्त १ को मिति निर्धारण गरिएको छ । यसैगरी नेसन्स लिगका अन्तिम चरणका खेल पनि स्थगित भएका छन् ।
– दक्षिण अमेरिकाको सबभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका पनि सन् २०२१ मा मात्र हुने भएको छ । अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा हुन लागेको सो प्रतियोगिता जुन १२ देखि जुलाई १२ सम्म हुने तय भएको थियो ।

क्लब
– यूईएफएले च्याम्पियन्स लिग, युरोपा लिग, महिला च्याम्पियन्स लिग पनि स्थगित गरेको छ । यी प्रतियोगिताको नयाँ मिति तोकिएको छैन ।
– इटालीमा कोरोना भाइरसबाट दस हजारभन्दा बढीको ज्यान गइसकेको छ । जुन अन्य राष्ट्रको तुलनामा सबभन्दा बढी हो । इटालीमा सिरी ‘ए’लगायत खेलकुद गतिविधि अप्रिल ३ सम्म ठप्प गरिएको छ ।
– इङ्लिस प्रिमियर लिगमा अप्रिल ३० अगाडि हुनेछैन ।
– जर्मनीमा बुन्डेसलिगा अप्रिल २ सम्म स्थगनमा छ ।
– स्पेनमा सबै व्यावसायिक फुटबल अनिश्चित कालसम्म स्थगित गरिएको छ ।
– फ्रान्समा लिग १ र लिग २ तथा महिला फुटबल अनिश्चित कालका लागि रोकिएको छ ।
– युरोप बाहिर सबैजसो शीर्ष लिग कोरोनाले प्रभावित छन् । जापानको जे लिग पनि ढिला नै सुरु हुने भएको छ । अमेरिकामा मेजर लिग सकर र चीनको सुपर लिग पनि अहिले सुरु हुन सकेका छैनन् ।

रग्बी युनियन
– सिक्स नेसन्स टुर्नामेन्ट चार खेलपछि स्थगित भयो । आयोजकले मार्चमा हुने अन्तिम चरण पनि स्थगित गरिसकेको छ । अब अक्टोबरअघि सिक्स नेसन्स हुनेछैन ।
– फ्रान्सको टप १४, द इङ्लिस प्रिमियरसिप र ह्यामिस्फियर सुपर रग्बी पनि स्थगित भएका छन् । युरोपियन च्याम्पियन्स कप तथा च्यालेन्ज कपका सेमिफाइनल र फाइनल पनि स्थगनमा छन् ।

मोटर रेसिङ
– फर्मुला वान् सत्र अन्तर्गत सुरुका आठ रेसमध्ये कुनै स्थगित र कुनै रद्ध भएका छन् । अब फर्मुला वान्को सुरुवात जुन १४ मा मोन्ट्रियलमा हुने क्यानडा ग्रान्ड प्रीबाट हुनेछ ।
– यूएस अटोरेसिङ अन्तर्गत मे २४ मा हुने भनिएको इन्डियानापोलिस ५०० अगस्त २३ मा मात्र हुने भएको छ ।
– मोटरसाइक्लिङ अन्तर्गत विश्व च्याम्पियन्स कपका सुरुका पाँच चरण स्थगित भएका छन् । अब मे १७ मा फ्रान्से ग्राँ प्रिबाट नयाँ सत्रको सुरुवात हुने सम्भावना रहेको छ ।

गल्फ
– द मास्टर्स, द पीजीए च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएका छन् । यूएस पीजीए टुर भने मे १७ सम्म रोकिएको छ ।
– द युरोपियन टुर पनि मे २४ मा मात्र सुरु हुने भएको छ ।

क्रिकेट
– सबै अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला रद्ध गरिएको छ । जसमध्ये इङ्ल्यान्डको श्रीलङ्का भ्रमण, न्युजिल्यान्डको अस्ट्रेलिया विरुद्धको दुई एक दिवसीय र तीन टी–२० खेल तथा भारत र दक्षिण बीचको तीन खेलको शृङ्खला अन्तर्गत बाँकीका दुई भिडन्त पनि सामेल छन् ।
– भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) अप्रिल १५ सम्मका लागि सारिएको छ । सो प्रतियोगिता मार्च २९ मा हुने भनिएको थियो ।
– टी–२० विश्वकप र सन् २०२३ मा हुने एक दिवसीय विश्वकपका क्वालिफायर पनि स्थगित भएका छन् ।

टेनिस
– क्लेकोर्टमा खेलाइने ग्रान्डस्लाम फ्रेन्च ओपन अब सेप्टेम्बर २० देखि अक्टोरबर ४ सम्म हुने भएको छ । जुन प्रतियोगिता मे २४ मा सुरु हुने भनिएको थियो । एटीपी र डब्लूटीए टुर पनि जुन ७ सम्मका लागि स्थगित गरिएको छ ।
– बुढापेस्टमा हुने फेड कपको फाइनल पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
– घाँसे मैदानमा खेलाइने विम्बल्डन पनि आगामी हप्ताको बैठकले सर्ने पक्का भइसकेको छ ।

बास्केबटल
– एनबीए पनि अनिश्चित कालका लागि बन्द भएको छ ।

एथलेटिक्स
– विश्व इन्डोर च्याम्पियनसिप एक वर्षका लागि सरेको छ । जुन प्रतियोगिता चीनको नान्जिङमा मार्च १३ देखि १५ सम्म हुने मिति तय थियो ।
– अप्रिल २६ मा हुनुपर्ने बोस्टन म्याराथन अक्टोबर ४ मा मात्र हुने भएको छ ।
– लन्डन म्याराथन पनि अक्टोबर ४ मै हुनेछ । जुन म्याराथन अप्रिल २६ मा हुनुपर्ने थियो । एएफपी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies