Khabar Dabali Logo
  May 29, Fri

जब प्रधानमन्त्रीका पुर्व सल्लाहाकार नै यसो भने …

प्रधानमन्त्रीका आइटी विज्ञको काम साइबर अपराधको पनि उच्च दृष्टान्त भएको भन्दै त्यसको सर्वत्र आलोचना हुँदै आएको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले काठमाडौं प्रेसको न्यूज ह्याक गरी हटाउने काममा असगर अली र विश्वास ढकाल हथौंडा मात्र भएको बताएका छन्। उनले आफ्नो ट्वीटमा ट्वीट गर्दै उक्त कुराको जानकारी गराएका हुन्।

बाह्रखरी अनलाइनमा ‘प्रकाशित काठमाडौं प्रेस ह्याक गरेको सिरान टेक्नोलोजीद्वारा स्वीकार’ शीर्षकको न्यूज पोष्ट गर्दै डा. अर्यालले बालुवाटारको अनुमतिबिना असगर र विश्वासले त्यो काम गर्नै नसक्ने बताएका छन्। यस खालको गतिविधिमा राजनीतिक नेतृत्वको निर्देशन भएको र त्यो कुरा खोज्नुपर्नेसमेत उनले लेखका छन्।

डा. अर्यालले ट्वीटरमा लेखेका छन्, ‘असगरजी र विकासजी प्राविधिक मात्र हुन, म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु। यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ। सिरान टेकलाई कसले त्यसो गर्न लगायो, त्यो खोजौं। उनीहरूको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन।’

उनले आफ्नो ट्वीट प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मेन्सन गरेका छन्। सिरान टेकले राजनीतिक नेतृत्वको निर्देशन बिना त्यसो गर्न नसक्ने डा. अर्यालको तर्क छ। सानो आँटले त्यति ठूलो गलत काम नभएको भन्दै उनले हथौडा ठोक्ने हात खोज्नुपर्ने भन्दै प्रधानमन्त्री र उनको टीम नै साइबर अपराधमा जोडिएकोसमेत उल्लेख गरेका हुन्।

बुधबार काठमाडौं प्रेसमा प्रकाशित न्यूज प्रधानमन्त्रीका आइटी विज्ञ असगर अलीले आफ्नो कम्पनि सिरान टेकमार्फत् डिलिट गर्न लगाएका थिए। प्रधानमन्त्रीका आइटी विज्ञको काम साइबर अपराधको पनि उच्च दृष्टान्त भएको भन्दै त्यसको सर्वत्र आलोचना हुँदै आएको छ। नेपाल पत्रकार महासंघले समेत त्यसको कडा शब्दमा निन्दा गरेको छ।

यता सिरान टेक्नोलोजीले काठमाडौं प्रेस ह्याक गरेको स्वीकार गरेको छ। सिरान टेक्नोलोजिजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सम्पादक गोविन्द परियार र सिरान टेक्नोलोजीको व्यवस्थापनबीच समाचारका विषयमा संवाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजीको प्राविधिक टिमले न्युज पोर्टलबाट उक्त समाचार हटाइउको छानबिनका क्रममा पाइयो। देशभर भएको लकडाउनका कारण सिरान टेक्नोलोजिजको सम्पूर्ण टीम अहिले वर्क फ्रम होमबाट काम गरिरहेको छ। अहिलेको यो विषय परिस्थितिमा काम गर्ने क्रममा गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटी हुन गएको हामीले पायौँ।”

विज्ञप्तिमा समाचार हटेको जानकारी पाउनासाथ फेरि प्राविधिक टिमलाई भनेर त्यो समाचार जस्ताको त्यस्तै प्रकाशित हुने वातावरण समेत तयार पारेको उल्लेख छ। सिरान टेक्नोलोजिजका तर्फबाट कम्पनीका अध्यक्ष विश्वास ढकालले काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारलाई पत्र लेखेर चिन्ता व्यक्तसमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

यसरी सिरान टेकले आफूहरुले काठमाडौं प्रेसको समाचार डिलिट गरेको स्वीकारेपछि प्रधानमन्त्रीको सचिवालयले गरेको साइबर क्राइममाथि नयाँ बहस सुरु भएको छ। संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको परिस्थितिमा प्रधानमन्त्रीकै सचिवालयबाट साइबर अपराध हुनुले सरकारकै औचित्यमाथि प्रश्न उठेको छ।

चैत २१ गते, २०७६ - १४:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् –भारतबाट फर्किनेका लागी सरकारले तोकेका २० नाका

काठमाडौं । सरकारले लकडाउनका अवस्थामा भारतबाट जमिनमार्ग हूँदै स्वदेश फर्कनका लागी २० नाका तोकेको...   

नेपालमा एकैदिन अहिलेसम्मको धेरै १७० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमित एकैदिन आजसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या...   

नेपालका एक कोरोना संक्रमितको कहानी –आफै विश्वास गर्दैनन् कोरोना लागेको

काठमाडौं । जेठ १० गते काठमाडौंको टेकु अस्पताल भर्ना भएका नुवाकोटका ३९ वर्षिय पुरुष शुक्रबार डिस्चार्ज...   

कर : केमा घट्यो, केमा बढ्यो ?

काठमाडौं । सरकारले लघु, घरेलु तथा साना उद्योग व्यवसायीलाई ७५ प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री...   

रोकिएन विश्वभर कोरोना संक्रमण रफ्तार : ५९ लाख नाघे संक्रमित, ३ लाख ६२ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमण दर झनझन् बढ्दै गएको छ । बिहीबार विश्वभर एक लाख १६ हजार तीन...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, भारतबाट फर्किदा मृत्यु भएकाको रिर्पोट पोजेटिभ

काठमाडौं । भारतबाट नेपाल फर्कदै गदा बाटामै मृत्यु भएका अर्घाखाचीका एक युवकको मृत्यु कोरोनाबाट भएको...   
कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर-कलंकी सडकखण्डमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण...   
कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री...   

बुँदागत रुपमा पढ्नुहोस् बजेटका मुख्य घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री...   

आजमात्रै १५६ जना थपिए, १ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top