Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चीनको कोरोना आँकडाप्रति अमेरिकाद्धारा शंका, सहि नभएको भन्दै सीआईएद्वारा खोज सुरु

काठमाडौं । चीनले सार्वजनिक गरेको कोरोना आँकडाप्रति अमेरिकामा निकै संशय पैदा भएको छ । अमेरिकाले चीनको आँकडा गलत भएको भन्दै खोजीसमेत सुरु गरेको सार्वजनिक भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाइएअनुसार अमेरिकी खुफिया एजेन्सी सीआईएले चीनको वास्तविकता जान्न खोजी कार्य सुरु गरेको छ ।

यसअघि खुफिया एजेन्सी सीआईएले ह्वाइट हाउसमा हालै गरेको ब्रिफिङ्गमा बेजिङ्गको आंकडा गलत भएको भन्दै विश्वास नगर्न सुझाव दिएको थियो । सीआईएले आफ्नो समुह चीनको वस्तुस्थितिको सही समिक्षा गर्न लागेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चिनियाँ सरकारले पेश गरेको कोरोना संक्रमितको आँकडाप्रति प्रश्न उठाउँदै सहि तथ्यांक सार्वजनिक गर्नुपर्ने बताइरहेका छन् । उनले सहि तथ्यांक लुकाईएको भन्दै सार्वजनिक तथ्यांकलाई विश्वास मान्न नसकिने प्रतिक्रिया मिडियामार्फत सार्वजनिक गरिरहेका छन् ।

आफ्नो प्रतिष्ठा जोगाउन गलत तथ्यांकको साहारा : अमेरिकी नेतृ हेली

\"Nikki

यसैबीच भारतीय मुलकी अमेरिकी नेतृ निक्की हेलीले चीनको कोरोना तथ्यांकप्रति प्रश्न उठाएकी छिन् । उनले चीनको तथ्यांक प्रश्नै प्रश्नभित्र घेरिएको टिप्पणी गरेकी छिन् ।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै हेलीले चीनले आफ्नो प्रतिष्ठा बचाउन वास्तविकता लुकाउँदै सहयोगको ढोंग गरिरहेको टिप्पणी गरिन् । उनले चीनको शैलीले चीनलाई नै घाटा हुने बताईन् ।

चीनमा बढेका छैनन् कोरोना संक्रमित

गत डिसेम्बरको अन्तिम साता चीनको बुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । जसको छोटो समयमा नै चीनमा ८० हजारभन्दा बढि मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो । तर त्यसको केहि समय लगत्तै युरोप र अमेरिकामा महामारी चल्दै गर्दा चीनमा भने कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा ह्वात्तै कमि आएको छ । पछिल्लो समय नगन्य जस्तै कोरोना संक्रमितको तथ्यांक सार्वजनिक भइरहेको छ ।

शुक्रबारसम्म विश्वभर १० लाखभन्दा बढि मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक छ । जसमध्ये ५३ हजार बढिले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै २ लाख ४५ हजारबढि मानिस कोरोनाबाट संक्रमित छन् । तर चीनमा भने पछिल्लो महिनादेखि तथ्यांकमा कुनै घटबढ भएको छैन् । जहाँ ८१ हजार ६२० हाराहारीमा संक्रमित र ३ हजार ३२२ को मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies