Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोना भाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

काठमाडौं । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन्। गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।
इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् ।

बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । एपी

बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies