Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लकडाउनका कारण रगतको अभाव, रगत सङ्कलन गर्न ‘मोबाइल अभियान’

घोराही । लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत सङ्कलन गरी बिरामीसम्म पुर्याइनेछ । रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका जानकारीअनुसार बन्दका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो ।

“रक्तदाताले जहाँ बोलाउँछन्, त्यहीँ पुगेर रगत सङ्कलन गर्न प्राविधिक टोलीसमेत तयार पारेका छौँ”, उनले भने, “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियममित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको छ ।”

यही चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको थियो । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएका छन् । रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत पनि सबै सकिएपछि यो अभियान सञ्चालन गर्नका लागि सबैलाई अपिल गरिएको प्रमुख न्यौपानेले बताए ।

जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार भएको बैठकमा रगत अभाव भएको प्रसङ्ग उठेपछि रक्तदान विशेष अभियानको थालनी गरिएको अभियानकर्मी नरेन्द्र केसीले जानकारी दिए । अभियानको शुरुआतमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले रक्तदानका लागि झण्डै ५० जनाको नामावली तयार पारेको अनेरास्ववियु दाङका संयोजक जङ्ग रोकाले जानकारी दिए ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको रक्तदान केन्द्रमा जम्मा गरिएको रगतले एउटै अस्पतालका सेवाग्राहीलाई समेत रगत पुर्याउन नसकिएको केन्द्रले बताएको छ । न्यौपानेका अनुसार केन्द्रमा दैनिक १० देखि १५ बिरामीका आफन्तहरु रगत माग्न आउँछन् । मुस्किलले एक–दुई जना बिरामीलाई रगत दिन सकिएको छ । त्यो पनि बिरामीका आफन्तकै रगत झिकेर । दाङ मात्र नभएर रुकुम, रोल्पा, प्यूठान र सल्यानका बिरामीसमेत रगतका लागि दाङ आउने गर्छन् ।

विसं २०५८ मा स्थापना भएको रेडक्रसले स्थापनाकालदेखि हालसम्म रेडक्रस सोसाइटबाट सरदर मासिक चार हजार ५०० युनिटसम्म रगत वितरण गर्ने गरेको छ । स्वास्थ्यका हिसाबले १८ वर्षमाथिका र ६० वर्ष नपुगेका ४५ किलो तौल भएका जुनसुकै व्यक्तिले रक्तदान गर्न सक्ने बताइन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies