Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लकडाउन उल्लंघन गर्दा पक्राउ परेका १ सय ६ जना अनुशिक्षण लिएर फर्के

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२ सवारी साधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ । सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

यसैगरी लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई सिन्धुपाल्चोक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । उनीहरुसहित प्रहरीले विनाइजाजत सवारी साधन चलाउने सात जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपाय, साबुपानीले हात धुने तरिका आदिबारे प्रशिक्षण दिएको कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा

मेलम्ची– सिन्धुपाल्चोकमा स्वास्थ्य परीक्षणपछि २९ जनालाई क्वोरन्टाइनमा राखिएको छ । लामोसाँघुस्थित ग्रामीण महिला सिर्जनशीललको क्वेरन्टाइनमा विदेशबाट आएका २४ र जिल्ला अस्पतालको क्वारेन्टाइनमा पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। ।

चौतारा साँगाचोकगढी ७ मेलचौरस्थित क्वारेन्टाइनमा भारतको बैंगलोरबाट आएका पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको छ । नगरपालिकाका अनुसार पाँचै जना वडा नं ८ इर्खु, चिलाउनेका हुन् ।

आफ्नो छरछिमेकमा कोही परदेशबाट आएको पाइएमा तुरुन्त नगरपालिकामा जानकारी गराउन नगर प्रमुख अमानसिं तामाङले अनुरोध गरेका छन् ।
मेलम्चीमा क्वारेन्टाइन

मेलम्ची नगरपालिका ४ ले कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई राख्नका लागि चार शय्याको क्वारेन्टाइन तयार गरेको छ । मेलम्ची ४ थकनीको ओखरेनी चौरको धौलेश्वरी आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाइएको वडा सदस्य कृष्णकुमार तामाङले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पका समयमा रेडक्रस सोसाइटीले दिएका पुराना शय्या प्रयोग गरी क्वारेन्टाइन निर्माण गरिएको छ ।

पछिल्लो समय वडाभरिमा वैदेशिक रोजगारबाट आएका तीन जना छन् । तिनलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखिएको छ ।

गाउँपालिकाले तोक्यो स्वास्थ्यकर्मी

रसुवा –ग्रामीण भेकमा कुनै पनि रोगको संकेत देख्नासाथ पहिलो स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले स्थानीयस्तरमै स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको छ । कोभिढ १९ का कारण गाउँवासी त्रसित भइराखेका अवस्थामा स्वास्थ्यमा आएको समस्या पहिचान गरी द्रुत रूपले उपचार विधिमा लान सहजीकरणका लागि आफ्नो इलाका क्षेत्रमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइसकिएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

गाउँपालिका क्षेत्रमा पर्यटनस्थल, धार्मिक क्षेत्र, अन्तरराष्ट्रिय राजमार्गसमेत भएका कारण कोरोना भाइरसको अलावा पर्न सक्ने विविध स्वास्थ्य समस्या पहिचान र प्रारम्भिक उपचारसमेत गर्न सात स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिइएको बताइएको छ ।

कोरोना भाइरसका कारण मानव जगत्मा बढेको त्रास न्यूनीकरण गर्न रसुवामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले इमान्दारीपूर्वक आआफ्ना स्थानबाट सेवा दिइरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies