Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सीमानामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुख

बैतडी । कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन नेपाल–भारतमा भइरहेको लकडाउनकाबीच सीमा नाकामा अलपत्र परेका नेपालीको भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - पश्चिम नेपालको भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला प्रमुख डा. विजयकुमार जोदण्डे नेपालीलाई खाना खुवाउन आफैँ क्वारेन्टाईनमा पुगेका छन् ।

सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेर झुलाघाट, धारचुलाको बालुवाकोट र जोलजिवीमा राखिएको छ । क्वारेन्टाइना राखिएका एक हजार नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

लकडाउनकै बेलामा नेपाल आउनन भारतका विभिन्न सहरबाट नेपाली मजदुर सीमा नाका झुलाघाट र दार्चुलामा चार दिनदेखि अलपत्र थिए । अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षणपछि सुरक्षित क्वारेन्टाइनमा राखेर भारतीय अधिकारीले खाना खुवाएको भारतीय सञ्चारकर्मी प्रमोदकुमार भट्टले जानकारी दिए ।

बैतडीको झुलाघाट र धारचुलामा एक हजार नेपाली सीमा नाकामा अलपत्र परेपछि भारतीय अधिकारीहरु आफैँ खाना खुवाउन सीमा नाका पुगेको सञ्चारकर्मी भट्टले बताए ।

भट्टले भने, ‘नेपाल–भारत दुबै देश अहिले कोरोनासँग संयुक्त रुपमा लडिरहेका छन् । दुबै देशले सीमा नाकाको गेट बन्द गरेर पूर्णतया लक डाउन गरेका छन् । यस्तो बेलामा भारतमा काम गर्न आएका नेपाली विभिन्न सहरबाट हिँडेर सीमा नाकामा आएर अलपत्र परेपछि भारतीय सुरक्षाकर्मी र जिल्ला प्रमुख आफैँ सीमा नाकामा खटिएका छन् ।’

रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली लकडाउनको १०औं दिनसम्म पनि पैदल हिँडेर सीमा नाकामा आउने क्रम रोकिएको छैन । सीमा नाकामा पुगेका नेपालीलाई पटक पटक गेट खोलेर नेपाल भित्र्याए पनि पैदल हिँडेर सीमा नाकामा आउनेको संख्या रोकिएको छैन ।

लकडाउनमा जो जहाँ हुनुहुन्छ त्यही बस्नु पर्ने र अलपत्रलाई दुबै देशका नागरिकको स्वास्थ्य परीक्षण र खाने बस्ने व्यवस्था गर्न नेपाल भारतबीच उच्चस्तरीय वार्तापछि सीमा नाकामा अलपत्र परेका नेपालीलाई उद्धार गरेर भारतीय अधिकारी आफैँ क्वारेन्टाइनमा पुग्न थालेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies