Khabar Dabali Logo
  June 5, Fri

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार÷चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

चैत २० गते, २०७६ - १६:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेसबुकले फोटो र भिडियो सङ्ग्रहसम्वन्धी थप नयाँ सुविधा दियो, यस्तो छ प्रक्रिया

फेसबुकले फोटो र भिडियो सङ्ग्रहसम्वन्धी थप नयाँ सुविधा दियो, यस्तो छ प्रक्रिया

वासिङ्टन डिसी । विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको...   

भारी बर्षापछि आएको बाढीका कारण २९ को मृत्यु, १० लाख प्रभावित

मोगादिसु । सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९...   

आरडिटीका भरमा घर पठाउँदा जोखिम, घर फर्केकालाई कोरोना पोजेटिभ देखिएपछि टोलका बासिन्दा त्रासमा

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–९ अलायाचौरका २६ वर्षीय, धरमपुर टोलका ४० वर्षीय र अर्का १४ वर्षीय...   

जुम्ला क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

जुम्ला । जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको...   

कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित...   

यूएईबाट १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे, दूतावासले तय गरेको यात्रु परेनन् !

काठमाडौँ । यूएईबाट १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन् । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला...   

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

काठमाडौं । झण्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो...   

नेपालमा कोरोना जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको...   

शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९ सय नाघ्यो

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जनामा कोरोना संक्रमण

बुटवल । कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top