Khabar Dabali Logo
  June 1, Mon

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

१८ हजार १ सय डलर प्रतिघण्टाका दरले उडेको विमानको साँढे २५ घण्टाको यात्रा ४ लाख ५२ हजार ५ सय डलरमा सम्झौता भएको थियो । सम्झौतामा एजेन्सीमार्फत साँढे २२ हजार डलर कमिसन लिइएको सार्वजनिक भएको छ ।

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन राजदूतावासले गरेको चाडर्ट फ्लाईटमा पनि कमिसनको चलखेल भएको छ । अष्ट्रेलियन दूतावासले नेपाल एयरलाईन्समार्फत गरेको विमान चाटर्डमा कमिसनको चलखेल भएको हो ।

चाटर्ड विमानको टिकट आफैंले गर्न मिल्ने अवस्थामा कमिसनको लागि एजेन्सी घुसाई चलखेल भएको खुल्न आएको छ । दूतावासले नेपाल एयरलाईन्सलाई पत्र लेखी विमान चाटर्डको आग्रह गर्दा उक्त काममा ट्राभल एजेन्सी घुसाएर कमिसनको चलखेल भएको हो ।

ट्राभल एजेन्सी घुसाएर नियम संगत बनाई ५ प्रतिशत कमिसनमा लिइएको खुलेको छ । निगमको नीतिमा आधिकारिक टिकट एजेण्टमार्फत टिकट वा चाटर्ड फ्लाईट बुकिङ गर्दा कुल रकमको ५ प्रतिशतसम्म कमिसन दिने नीति छ । त्यहि नीतिलाई प्रयोग गरि नेपाल एयरलाईन्सका उच्च अधिकारीले कमिसनको चलखेल गरेका हुन् ।

अष्ट्रेलियन दुतावासको आग्रहमा गरिएको विमान चाडर्टमा बोन होलिडेज नामक ट्राभल्स एजेन्सीमार्फत कमिसन चलखेल गरिएको सार्वजनिक भएको छ । विमान चाटर्ड रमेश पौडेल नामक व्यक्तिको बोन होलिडेज ट्राभल एजेन्सीमार्फत गरिएको छ ।

१८ हजार १ सय डलर प्रतिघण्टाका दरले उडेको विमानको साँढे २५ घण्टाको यात्रा ४ लाख ५२ हजार ५ सय डलरमा सम्झौता भएको थियो । सम्झौतामा एजेन्सीमार्फत साँढे २२ हजार डलर कमिसन लिइएको सार्वजनिक भएको छ ।

यसैबीच चाटर्ड सम्झौतामार्फत कमिसन चलखेल काण्ड सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्ससँग स्पष्टीकरण माग गरेको छ । पर्यटन मन्त्रीले योगेश भट्टराईले अष्ट्रेलियन दूतावासले गरेको विमान चाटर्ड सम्झौतामा एजेण्ट घुसेको विषयमा स्पष्ट पार्न निगमलाई निर्देश गरेका छन् ।

चैत २० गते, २०७६ - १६:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top