Khabar Dabali Logo
  June 1, Mon

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने

काठमाडौ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ ।

यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।
देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।
मलेसियन जहाजले लग्यो नेदरल्याण्डका नागरिक

लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु आज विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् । यसअघि अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए । निगमको वाइड बडीले अष्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरीकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ ।

चैत २० गते, २०७६ - १३:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको...   
हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति

लहान । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते...   
महिलाका लागि छुट्टै क्वारेन्टिन

महिलाका लागि छुट्टै क्वारेन्टिन

भैरहवा । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन...   
अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

अब ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य...   
अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

अचानक श्वास फेर्न समस्या हुँदा गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु...   
तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

तिब्बतबाट सात करोडको स्वास्थ्य सामग्री सहयोग प्रदेश सरकारलाई

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई...   
बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले...   
महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

काठमाडौ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन...   
बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top