Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अलपत्र नेपालीबारे वार्तामा जोड

काठमाडौं । सीमा क्षेत्रमा रोकिएका नेपालीबारे सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने पूर्व उप प्रधानमन्त्रीद्धयले बताएका छन्। यस्तो बेलामा भारतले नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनीहरुको सुझाव छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सीमामा रोकिएका नेपालीलाई कोरोना संक्रमणको जोखिम बढेको पूर्व उपप्रधानमन्त्री भीम रावलको भनाइ छ। नेकपाका नेता उनले अन्नपूर्णसँग भने, ‘यति बेला जो जहाँ छ, त्यहि बस्नु पर्ने हो, तर भारतका विभिन्न क्षेत्रबाट दैनिक जसो हजारौ नागरिक नेपाली सिमामा कसरी पुगे ? भारतले आफ्ना नागरिक सरह नेपालीलाई व्यवहार गरेको छ वा छैन भन्ने विषयमा सरकारले उच्चस्तरीय तहमा कुराकानी गर्नुपर्छ।’

प्राकृतिक विपदका बेला पारस्परिक आधारमा काम गर्नुपर्ने अन्र्तराष्टिय मान्यता रहेको उल्लेख गर्दै रावलले भने, यस्तो बेला यस्तो बेलामा नेपालीलाई खाद्य र स्वास्थ्य उपचारमा भारतले आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनले बताए। उच्चस्तरिय वार्ताको खाँचो औल्याउँदै अर्का पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘समस्या समाधानका लागि केही न केही त गर्नैपर्छ।’ भारतसँग कूटनीतिक तहमा वार्ता गरेर नेपालीलाई उतै क्वारेन्टाइनमा राख्न र खानपानको व्यवस्था गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

सीमा आएकालाई अन्तिम पटक ल्याउने दिन तोकेपनि आउनेहरु नघटेपछि समस्या बढेको श्रेष्ठको बुझाई छ। ‘फेरि ल्याउने, फेरि आईरहने हो भने सीमा आवागमन वन्द गर्ने कुराको अर्थ के होला र, उनले भने। ’ यस्तो अवस्थामा होम क्वारेन्टाइन प्रभावकारी बन्न नसक्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने श्रेष्ठ बताउँछन्। भारतमा स्वास्थ्य परीक्षण विना नेपाल आउनेहरु धेरै भएकाले आफन्तलाई कोरोना संक्रमण हुन सक्ने नेता रावलको ठहर छ।

नेपालसँग सिमा जोडिएका भारतका उत्तराखण्ड र उत्तर प्रदेशमा कोरोना संक्रमणको संख्या बढिरहेकाले सुदुरपश्चिम जोखिममा रहेको उल्लेख गर्दै उनले परीक्षण सामग्री, औषधि र सुरक्षा सतर्कता बढाउन उनले जोड दिए। नेकपा विदेश विभाग उपप्रमुख राम कार्की सरकारको कार्यशैली शंकाको घेरामा पर्दै आएको तर्क गर्छन्।

सीमा खुल्दैन : सरकार

लकडाउनका बेला नेपाल र भारतको सीमा नाका नखोल्न दुवै मुलुकले प्रष्ट पारेका छन्। सीमामा रोकिएकालाई सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा राख्ने बारेमा कूटनीतिक तहमा कुराकानी भइरहेको परराष्ट मन्त्रालयले जनाएको छ। भारतले दशगजा क्षेत्रमा ल्याएर नेपालीलाई छोड्न नमिल्ने बताउँदै भारतलाई परराष्टले पत्राचार गरेको छ।

सुरुमा सूचना नपाएर अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा ल्याएर छाडे पनि यो क्रम नरोकिएपछि नेपालले असन्तुष्टि ब्यक्त गरेको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि जो जहाँ रहेपनि त्यही सुरक्षित बस्न आग्रह गर्दै आएका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies