Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अमेरिकामा चिकित्सकलाई सामान्य मास्क र सुरक्षा कवचकै अभाव

न्यूयोर्क अस्पतालका चिकित्सक नै संक्रमित

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना संक्रमण अहिले संसारभर फैलिएको छ । पछिल्लो समयमा कोरोनाको इपिसेन्टर अमेरिका बनेको छ । कोरोनाबाट एक लाख ६५ हजार संक्रमित छन् भने मंगलबारसम्म ३२ सयको मृत्यु भइसकेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - संक्रमित र मृतकको संख्या बढिरहेका वेला अस्पतालका चिकित्सक तथा नर्स सबैभन्दा बढी असुरक्षित छन् । बिरामीबाट सरेको संक्रमणबाट चिकित्सकले दिनहुँ आफ्ना सहकर्मी गुमाइरहेका छन्, तथापि उनीहरू बिरामीको उपचार गर्ने धर्मबाट पछि हटेका छैनन् । संक्रमणकै कारण इटाली, स्पेन, फ्रान्स, चीनका दर्जनौंँ चिकित्सकको मृत्यु भइसकेको छ, र हजारौँ स्वास्थ्यकर्मी संक्रमित छन् ।

संक्रमणबाट चिकित्सकलाई जोगाउन गाह्रो

अमेरिकाको मेनहटस्थित कोलम्बिया युनिभर्सिटी इरभिङ मेडिकल सेन्टरलाई आफ्ना चिकित्सक तथा नर्सलाई संक्रमणबाट जोगाउन हम्मेहम्मे परेको छ । मेडिकल सेन्टरका आधाभन्दा बढी आइसियूका कर्मचारी संक्रमित भएपछि कोरोनाविरुद्धको युद्धमा खटिएका चिकित्सकलाई नै जोगाउन गाह्रो भएको सेन्टरका सुपरभाइजर बताउँछन् ।

कोरोनाले चीनमा संक्रमित ३ हजार स्वास्थ्यकर्मीमध्ये आधा वुहानका छन् । इटालीमा यो संख्या चीनको भन्दा दोब्बर छ । मंगलबारसम्म इटालीमा कोरोनाबाट ६३ चिकित्सकको ज्यान गएको छ । स्पेनको कुल मृत्युमध्ये १४ प्रतिशत स्वास्थ्यकर्मी छन् ।

म्यानहटनकै बेइल कर्नेल मेडिकल सेन्टरकी एक चिकित्सक कोरोनाका कारण अस्पतालको अवस्था भयावह भएको बताउँछिन् । उनी त्रसित नहुन् पनि कसरी रु ३० देखि ४० वर्षका आफ्ना दर्जनौँ सहकर्मी कोरोनाबाट संक्रमित छन् । अब कसले बिरामी हेर्ला भन्ने उनको चिन्ता छ । आफ्ना सहकर्मी संक्रमित र मृत्यु हुन थालेपछि आकस्मिक र आइसियू कक्षका चिकित्सक तथा नर्स निराश छन् ।

‘मलाई लाग्छ, हामीलाई वधशालामा लगिँदै छ, ‘ब्रोनक्सस्थित ज्याकोबी मेडिकल सेन्टरकी नर्स थोमस रिले भन्छिन् । उपचारका क्रममा उनका पति र उनी दुवैजना अहिले संक्रमित बनेका छन् । आकस्मिक कक्षमा बिरामीको बढ्दो प्रवाहलाई जसोतसो स्वास्थ्यकर्मीले सामना गरेका छन् । आफ्नो ज्यानको प्रवाह नगरी हजारौँ स्वयंसेवक स्वास्थ्यकर्मीलाई सहयोग गर्न खटिएका छन् । तर, आफूहरूले निकै जोखिम सामना गरिरहेको उनीहरूको गुनासो छ ।

फेस मास्कलगायतका प्रोटेक्टिभ वेयरको अभाव देखिएपछि उनीहरू थप चिन्तित छन् । न्युयोर्क सिटी अस्पतालकी एक चिकित्सक कोरोनाले आफ्ना धेरै सहकर्मी पीडित भएको बताउँछिन् । सो अस्पतालका २ सय स्वास्थ्यकर्मी संक्रमित छन् भने दुई नर्सको मृत्यु भइसकेको छ । कोरोनाबाट न्युयोर्कमा मात्र ३० हजार मानिस संक्रमित छन् । तीमध्ये कम्तीमा तीन हजार स्वास्थ्यकर्मी छन् ।

इटाली, चीन र स्पेनमा हजारौँ स्वास्थ्यकर्मी संक्रमित

चीनमा ३ हजारभन्दा बढी चिकित्सक संक्रमित थिए । तीमध्ये आधा वुहानका थिए, जहाँबाट महामारी उत्पत्ति भएको थियो । कोरोनाबारे सेचत गराउने डा। ली वेनलिहाङ नै संक्रमणको पहिलो शिकार बनेका थिए । तीन साता अस्पतालमा जीवनसँग संघर्ष गर्दागर्दै अन्तत उनले मृत्युवरण गरेका थिए ।

इटालीमा संक्रमित स्वास्थ्यकर्मीको संख्या चीनको भन्दा दोब्बर छ । इटलीको एसोसियसन अफ डक्टर्सका अनुसार कोरोनाबाट ६३ चिकित्सकको मृत्यु भइसकेको छ भने करिब नौ हजार स्वास्थ्यकर्मी संक्रमित छन् । मंगलबारसम्म त्यहाँ कोरोनाबाट साढे ११ हजारको मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा कुल मृत्यु भएकामध्ये १४ प्रतिशत स्वास्थ्यकर्मी छन् । स्पेनमा पनि संक्रमित र मृतकको संख्या दिन दुई गुना रात चार गुनाले बढिरहेको छ । यस्तो अवस्थामा बिरामीको उपचारमा खटिएका चिकित्सक संक्रमणको शिकार नहुने अवस्था नै रहेन ।

उपचार गर्दा चिकित्सक संक्रमित

न्युयोर्कको स्वास्थ्य उपचार प्रणाली बृहत् छ, तसर्थ त्यहाँ वास्तवमा कति स्वास्थ्यकर्मी संक्रमित छन् भन्ने पत्ता लगाउनै गाह्रो छ । न्युयोर्क सहरका सार्वजनिक अस्पताल सञ्चालन गर्दै आएको हेल्थ एन्ड हस्पिटल कर्पोरेसनले बिरामी भएका स्वास्थ्यकर्मीको वास्तविक तथ्यांक सार्वजनिक गर्न नसक्ने जनाएको छ ।

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनका अध्यक्ष विलियम पी ज्याक्सी अमेरिकाभर स्वास्थ्यकर्मीमा संक्रमण तीव्र फैलिएको बताउँछन् । ‘जताततै चिकित्सक संक्रमित छन्, ’ ज्याक्सी भन्छन् । गत साता मात्र न्युयोर्कका दुई नर्सको मृत्यु भएको थियो ।

ब्रोनक्सस्थित ज्याकोबी मेडिकल सेन्टरकी नर्स रीले सुरुमा बिरामीको उपचार गर्दा संक्रमण होला भन्ने अनुमान गरेकी थिइनन् । तर, अन्य साथी संक्रमित बन्न थालेपछि उनी बच्न सकिनन् । बिस्तारै उनलाई खोकी र ज्वरो आउन थाल्यो, वाकवाकी भयो र पखाला लाग्यो । केही दिनपछि उनको श्रीमान् पनि बिरामी परे । अहिले उनीहरू आइसोलेसनमा छन् ।

युद्धमैदानमा सिपाहीको नेतृत्व जनरलहरूले गरेजस्तै अहिले चिकित्सकहरूले कोरोनाविरुद्धको लडाइँको नेतृत्व गरेका छन् । ‘हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणाली भाइरसविरुद्धको युद्धमा छ,’ न्युयोर्क प्रेसबाइटेरिए अस्पतालका मुख्य चिकित्सक क्रेग आर स्मिथ भन्छन् । संक्रमित भएको आशंका हुँदा पनि आफूहरू बिरामीको उपचारमा खटिन बाध्य हुनुपरेको उनको भनाइ छ ।

अस्पतालमा छैनन् सुरक्षा कवज

न्युयोर्कमा महामारी फैलिन सुरु भएपछि स्वास्थ्यकर्मीले हरेकपटक गाउन र मास्क फेरेर संक्रमितको उपचार गर्थे । केही दिनपछि उनीहरूलाई आफ्नो प्रोटेक्टिभ गियर आफ्नो सिफ्ट नसकिने वेलासम्म राख्न भनियो ।

अभाव चुलिँदै गएपछि केही चिकित्सकलाई मास्क र फेस सिल्ड निर्मलीकरण गर्न पठाइयो, ताकी त्यसलाई पछि प्रयोग गर्न सकियोस् । त्यस्तै, केही चिकित्सकलाई त्यही मास्क पछि पुन प्रयोग गर्न एउटा कागजको झोलामा राख्न भनियो ।

विश्वमै आफूलाई शक्तिसम्पन्न भएको दाबी गर्ने अमेरिकी अस्पताल मास्कलगायतका उपकरणको अभाव झेलिरहेका छन् । ‘यस्तो अभ्यासले हामी र हाम्रा बिरामी दुवैलाई जोखिम बढाएको छ ।

अमेरिकी अस्पतालमा अहिले जे भइरहेको छ, सायद कमैलाई विश्वास लाग्ला,’ ज्याकोबी मेडिकल सेन्टरको आकस्मिक कक्षकी नर्स केली क्याबरेरा भन्छिन् । चिकित्सकहरूको उपकरण नभएपछि लङ आइलेन्ड यहुदी अस्पतालको आकस्मिक कक्षका एक चिकित्सक भन्छन्, ‘उपचारमा खटिनुअघि राम्रोसँग हात धुने र दुई हात जोडेर जीवनका लागि भगवानसँग प्रार्थना गर्नुको विकल्प छैन । ’

आफ्नै ज्वरो नाप्दै काम गर्दै

बिरामीबाट स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीबाट सम्पूर्ण अस्पताल नै संक्रमित हुने आशंका चिकित्सकले गर्न थालेका छन् । यस्तै, अवस्था इटालीको कोरोना संक्रमित बरगामोको एक अस्पतालमा भएको थियो । न्युयोर्कको अग्रपंक्तिमा रहेका अस्पतालका स्वास्थ्यकर्मी अहिले हरेक घन्टा ज्वरो नाप्छन् । बिरामी बनेपछि उनीहरूको स्थानमा कसले काम गर्ने भन्ने अर्को चुनौती छ ।

परीक्षण नगरिए पनि ज्वरोको लक्षण देखिएका सबै स्वास्थ्यकर्मी कम्तीमा एकसाता क्वारेन्टाइनमा बस्नुपर्नेछ । र, काममा फर्किनु भन्दा तीन दिनअघि उनीहरूमा कुनै पनि लक्षण देखिनु हुन्न । तर, आफूहरू काममा फर्किएपछि पुन कोरोनाको लक्षण देखिएको केहीको गुनासो छ ।

लिंकन मेडिकल सेन्टरकी नर्स लिलियन अस्पतालमा फर्किएपछि आफू कमजोर महसुस गरेको र पुनः कोरोनाको लक्षण देखिएको बताउँछिन् । तर, विकल्प नभएकाले उनी काम गर्न बाध्य छिन् ।
अर्थात् संक्रमणको शंकाबीच काम गरेकी उनी अन्ततः खोकीले थला पर्छिन् ।

परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिन्छ । उनी घर फर्किने वेलासम्म कति व्यक्तिलाई संक्रमित बनाएकी होलिन् ? यस्तो नियति अमेरिकाका प्राय अस्पतालमा देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies