Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

स्वास्थ्य सामाग्री बोकेर हिमाली जिल्ला पुगे मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज यहाँका तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पु¥याएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्लामा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
तीनै जिल्लाका जिल्ला प्रशासन तथा स्वास्थ्य सेवा कार्यालय, स्थानीय सरकारका प्रमुख, राजनीतिक दलहरुको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरेर (व्यक्तिगत सुरक्षा सामग्री) पिपिइ, आइआर थर्मोगन, गाउन, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, स्प्रीट, एन ९५ मास्क, पञ्जालगयात अठार किसिमका उपकरण, औषधी र फारम फारम हस्तान्तरण गरिएको मन्त्री रावलले बताउनुभयो । उनका अनुसार तीनै जिल्लामा बराबर परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

तीनै जिल्लामा पुग्नुभएका मुख्यमन्त्री शाहीले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकार्यका लागि प्रजिअ, स्वास्थ्य प्रमुखलगायत सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन गरेका छन् । त्यसैगरी, उनले जैविक समस्याका रुपमा देखिएको कोरोनाको विरुद्ध राजनीतिक दलहरुलाई पार्टी र नागरिकलाई निजी स्वार्थभन्दा माथि उठेर जुध्नसमेत आग्रह गरे ।

सामाजिक विकासमन्त्री रावललका अनुसार आजै राति कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेखमा स्वास्थ्य सामग्री पठाइने छ । प्रदेश सरकारले सडक पहुँच सहज नभएका हिमाली जिल्ला प्राथमिकतामा राखेर ती सामग्री आजै हवाई मार्गमार्फत त्यहाँ पु¥याएको उहाँको भनाइ थियो । विशेष गरी कोरोना सङ्क्रमितको उपचारका क्रममा लगाइने पिपिइ, सर्जिकल मास्क, थर्मोगनलगायत अभाव भइरहेको बेला सरकारले उपलब्ध गरेपछि जिल्लाका स्वास्थ्यकर्मी उत्साहित भएको जनाइएको छ ।

नेपाली सेनाको स्काई ट्रकबाट सोमबार गाउन एक हजार थान, आइआर थर्मोमिटर १० थान, एन ९५ मास्क, ४८० थान, सर्जिकल मास्क १० हजार थान र पञ्जा २० हजार थान सुर्खेत पु¥याइएको थियो । उक्त उपकरण सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रदेश सरकार सामाजिक विकासमन्त्री रावलको रोहवरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies