Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लकडाउन : तीन दिनदेखि दुई सय ९८ जना दशगजामै अलपत्र

लुम्बिनी । स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् ।

सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भए तापनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ ।

क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरुलाई केही समय रोक्नु परेको रुपन्देहीका प्रजिअ महादेव पन्थले बताएका छन् । उनले भने, “ लकडाउन छ भन्ने थाहा पाउँदा पाउँदै उनीहरु आउए छन् तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । हामीले उनीहरुको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । सङ्ख्या धेरै छ त्यसैले ढिला भएको हो ।”

खुला आकाशमुनि दसगजामा बसेका नेपाली अनधिकृत रुपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, “ आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उनीहरुकै सुरक्षाका लागि दसगजामै छौँ ।”

नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मङ्गलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दसगजामा आएका थिए तर दसगजामा आउँदा उनीहरुलाई फेरि रोकियो । उनले भने, “ उनीहरुलाई भारतीय नगर पञ्चायतले खान–बस्नको व्यवस्था गरेको थियो । एक्कासि खबर पठाइएछ । अनि उनीहरु सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दसगजाबाट प्रवेश दिइएन । रातभर खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।”

दसगजामा अलपत्र पर्ने विभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहुँका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एकजना रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies