Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कोरोना भाइरस संक्रमणको बृद्धिदर कति भयाबह ? कस्तो हाेला आगामी समय ?

काठमाडौं । ७ लाखको आवादी भएको चीनको बुहान शहर, जहाँ देखिएको कोरोना भाइरसले आज ७ सय करोड मानिसलाई हलचल मचाएको छ । जहाँ देखिएको कोरोना भाइरस अहिले विश्वभरका १९९ देशमा फैलिएको छ । जसले विश्वलाई नै विकराल संकटतिर पुर्याउँदैछ ।

चीनमा देखिएको कोरोनाले युरोप र अमेरिका संकटमा

गत २७ डिसेम्बरको दिन बुहानमा कोरोनो संक्रमितको पहिलो बिरामी भेटिएको पुष्टी भएको थियो । जसको घटनाबारे १० जनवरीमा मात्रै विश्वले थाहा पाएको थियो ।

काेराेना भाइरस भेटिएकाे २ महिनाकाे अवधि अर्थात फ्रेबुअरीसम्म कोरोना भाइरसले सबैभन्दा बढि चीनमा तबाहा मच्चाएको थियो । तर मार्चसँगै चीनमा कम हुँदै गएको यस भाइरसको महामारीले विश्वभर भने आक्रामक स्वरुप देखाएको छ । मार्चको अन्तिमसम्म आउँदा यसले युरोप र अमेरिकासहित विश्वका शक्तिशाली भनिएका देशलाईं घुँडा नै टेकाएको छ ।

कोरोना महामारीकै कारण विश्वभर हालसम्म झण्डै ३८ हजारले ज्यान गुमाएका छन् भने झण्डै आठ लाख मानिस कोरोनाबाट संक्रमित बनेका छन् । विश्वमहाशक्ति भनिएको अमेरिका कोरोनाबाट सबैभन्दा बढि संकटतर्फ धकेलिएको छ । जहाँ कोरोना संक्रमणको बृद्धिदर असाध्यै आक्रामक छ । जनवरी १० मा पहिलो संक्रमण देखिएको अमेरिकामा मार्चको अन्तिम साता आउँदा डेढ लाखभन्दा बढि मानिस संक्रमित हुन पुगेका छन् । जहाँ ३ हजार बढिले ज्यान गुमाएका छन् ।

कोरोनाबाट यूरोपेली देश इटलीमा सबैभन्दा बढि मानिसको ज्यान गएको छ । पछिल्लो तथ्यांकअनुसार इटलीमा ११ हजार ५९१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । जहाँ १ लाखभन्दा बढि मानिस कोरोनाबाट संक्रमित छन् ।

कुनै दिन १४ हजारसम्म नयाँ संक्रमित भेटिएको चीनमा अहिले भने निकै कम दरमा संक्रमित भेटिएका छन् । पछिल्लो साता चीनमा कोरोनाका ३८६ जना मात्रै नयाँ संक्रमित भेटिएका थिए । त्यहाँ ९६ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।

एक महिनामा चीनमा २ प्रतिशत संक्रमित बढ्दा विश्वभर ७३५ प्रतिशत थपिए

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार २९ फ्रेबुअरीमा चीनमा कोरोनाका करिब ८० हजार संक्रमित भेटिएका थिए । चीनमा ८० हजार संक्रमित भेटिँदा विश्वभर भने कुल ८६ हजार ६ सय संक्रमित पुगेका थिए । तर एक महिनापश्चात मार्च २९ मा आउँदा चीनमा कोरोना संक्रमितको संख्या बढेर ८१ हजार ४३९ पुग्दा विश्वभर भने ७ लाख २३ हजारभन्दा बढि पुगेको छ । यसको अर्थ चीनमा कोरोनाका बिरामी २ प्रतिशत बढ्दा विश्वभर भने ७३५ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरि १ मार्चदेखि २९ मार्चको बीच जति मृत्यु भएको छ, त्यसको बृद्धिदर पनि ९० प्रतिशतले बढेको छ । २९ फ्रेबुअरीमा कोरोनाले विश्वभर २ हजार ९७७ संक्रमितको मृत्यु भएको थियो । तर त्यसको एक महिना अर्थात् २८ मार्चसम्म आउँदा मृत्यु हुनेको संख्या ३४ हजार ६४ पुगेको छ ।

संक्रमण बृद्धिदर आक्रामक, विश्व स्वास्थ्य संगठन दियो भयाभह हुने चेतावनी

पछिल्लो सातदिनमा विश्वभर ४ लाख ५ हजार ९६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । कोरोनाकै कारण पछिल्लो २३ मार्चदेखि हालसम्म २१ हजार २७५ जनाले ज्यान गुमाएका छन् ।

आक्रामक बढ्दो तथ्यांकका बीच विश्व स्वास्थ्य संगठनले यसको स्वरुप अझै डरलाग्दो हुँदै जाने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोम गेब्रियेससले एक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै यसको आँकडा झनै बढ्दै जाने चेतावनी दिएका छन् । उनले कोरोनाको पहिलो स्टेज मात्रै सुरु भएको बताएका छन् । उनले सबै देशहरुलाई सावधानी नअनाए अवस्था भयाबह हुने बताइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाईट हाउसमा गरेको ब्रिफिङ्गमा पनि अवस्था नियन्त्रण बाहिर गएर अमेरिकामा मात्रै २० लाखसम्म मानिसको मृत्यु हुनसक्ने सम्भावना दर्शाएका छन् । उनले १ लाखसम्म हुने मृत्युलाई आफुँहरुको जीत हुने बताएका छन् । अमेरिकी अध्ययनको यो रिपोर्टलाई हेर्दा पनि आगामी दिन अझै भयाबह हुने संकेतहरु देखिएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies