Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

को थियो कोरोना भाइरसको पहिलो संक्रमित ? सार्वजनिक भयो यस्तो तथ्य

काठमाडौं । विश्वभर कोरोनाको कहर बढिरहेको बेला एक विशेष खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको पहिलो संक्रमित को थियो भन्ने बारे चिनियाँ चिकित्सकले पत्ता लगाएका छन् । चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेअनुसार कोरोनाको पहिलो संक्रमित ५७ वर्षीया एक माछा व्यापारी महिला हुन् । जनाइएअनुसार संक्रमित पहिलो महिला चीनको बुहानमा झींगा माछा बेच्ने गर्दथिइन् ।

चीन सरकारले वी गुजियान नामकी ती महिला कोरोना संक्रमण मुक्त भएको घोषणा गरेको छ । जसको अर्थ पहिलो संक्रमितलाई अहिले पूर्णं स्वस्थ्य लाभ मिलेको छ । जनाइएअनुसार उनि अहिले पूर्णं स्वस्थ्य बनेकी छिन् ।

द वाल स्ट्रीट जर्नलले जनाएअनुसार पहिलो संक्रमित वी गुजियानलाई बुहानको हुआनैनस्थित सी–फुड मार्केटबाटै कोरोनाको संक्रमण भएको थियो । जनाइएअनुसार उनलाई एक सार्वजनिक शौचालयको प्रयोगपछि समस्या देखिएको थियो । शौचालयबाट निस्किएसँगै उनमा रुघा खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखा परेको थियो । जनाइएअनुसार १० डिसेम्बरमा उनमा त्यस्तो समस्या देखिएको थियो ।

३१ डिसेम्बरको बुहान म्यूनिसिपल हेल्थ कमीशनले सबैभन्दा पहिला यी महिलाको नाम सार्वजनिक गरेको थियो । उनको नाम २७ बिरामीको सूचीँमा सहभागि थियो जसलाई सबैभन्दा पहिले संक्रमण भएको पाइएको थियो । २७ संक्रमितमध्ये २४ सिफूड मार्केटबाटै संक्रमित भएका थिए । जहाँ ती महिलाले झिंगा माछा बेच्ने गर्दथिइन् ।

पहिलो संक्रमितलाई निको भएको कारण ‘पेसेन्ट जिरो’

सबैभन्दा पहिलो संक्रमित बिरामीलाई निको भएसँगै पेसेन्ट जिरो भएको मानिन्छ । तर चिनियाँ सरकारले यसबारे भने कुनै आधिकारिक भनाई बाहिर ल्याएको छैन् । यस विपरीत चिनियाँ अखबार ‘ग्लोबल मिडिया’ले भने कोरोना भाइरस अमेरिकी सैन्य प्रयोगशालामा विकसित भएको र अक्टुबरमा बुहानमा आयोजित विश्व सैन्य खेलको क्रममा फैलाइएको आरोप लगाएको छ ।

ग्लोबल मिडियाले विश्व सैन्य खेलको क्रममा साईक चालक मजाट्जे बेनासीमार्फत फैलाएको आरोप लगाएको छ । ग्लोबल मिडियाको आरोपसँगै नै चीन र अमेरिकाबीच निरन्तर आरोप प्रत्यारोपको श्रृखंला भने चलिरहेको छ ।

यसरी सार्वजनिक भयो नाम

चीनको न्यूज वेबसाईट ‘द पेपर’को रिपोर्टलाई आधार मान्दै पहिलो संक्रमित महिलालाई निको भएसँगै पेशेन्ट जिरो भएको खबर विश्वभर फैलिएको छ । ब्रिेटनको द मिरर, सिड्नीको न्युज डोटलाई आधार मान्दै भारतीय न्यूज एजेन्सी पीटीआई र आईएएनएसले पनि महिलालाई निको भएसँगै पेसेन्ट जिरो भएको खबर सार्वजनिक गरेका छन् ।

सबैभन्दा पहिला ६ मार्चमा द वाल स्ट्रीट जर्नलले आफ्नो खोज रिपोर्ट How It All Started: China’s Early Coronavirus Missteps मा वेई गुझियानको नाम सार्वजनिक गरेको थियो । द वाल स्ट्रीटको रिपोर्टर जेरेमी पेज, वेझिंग फैन र नताशा खानले यस रिपोर्टमार्फत चीनको भित्रि विषय सार्वजनिक गरेका थिए । उक्त खोज रिपोर्टमार्फत रिपोर्टरले पहिलो संक्रमितलाई निको भएको जिरो पेसेन्ट रहेको उल्लेख गरका थिए ।

द वाल स्ट्रीट जर्नलको रिपोर्ट सार्वजनिक भइरहँदा कोरोना भाइरस विश्वभर भने आक्रामक रुपमा फैलिरहेको थियो । जसको कारण उक्त खोज रिपोर्टप्रति कसैको ध्यान गएन । २७ मार्चमा युरोपेली केहि सञ्चार माध्यमले चिनियाँ न्यूज वेभसाईटहरुलाई आधार मान्दै उक्त महिलालाई निको भएको र पेसेन्ट जिरो भएको दाबी गरेका थिए ।

मलाई चिसोको फ्लू जस्तै समस्या देखिएको थियो : गुझियान

गुझियानले सञ्चार माध्यमलाई बताएअनुसार उनमा सबैभन्दा पहिला चिसोबाट हुने ‘फ्लू’ जस्तै समस्या देखिएको थियो । ‘मलाई हर चिसोको मौसममा रुघा र खोकी (फ्लू) हुने गर्दछ, १० डिसेम्बरमा पनि यस्तै भएको थियो’, गुझियानले भनिन्, ‘मलाई अलि बढि थकान र रुघा खोकी एकदमै छिटो देखिएपछि मैंले क्लीनिकको औषधी प्रयोग गरेकी थिएँ तर, मेरो समस्या निकै नै झिटो बढ्दै गयो ।’

गुझियानले जनाएअनुसार पहिलो दिन उनले सामान्य मेडिकलबाट केहि औषधी खाएर मार्केटमा काम गर्न थालेकी थिइन् । एक÷दुई दिनमा नै धेरै समस्या देखिएसँगै उनले बुहानको द इलेवथ हस्पिटलमा देखाएकी थिइन् । त्यहाँ पनि उनलाई औषधी मात्रै दिइयो तर रोग भने पत्ता लागेको थिएन ।

२१ दिनपछि मात्रै कोरोना लागेको पुष्टी भएको थियो

कोरोना संक्रमण भएको ५ दिनपछि नै वेई गुझियानले आफ्नो चेतना गुमाउँदै जान थालेकी थिइन् । अवस्था गम्भिर बन्दैगएपछि १६ डिसेम्बरमा बुहान युनियन हस्पिटलमा उनको विशेष परिक्षण गरिएको थियो । चिकित्सकले उनमा ‘निर्मम (च्गतजभिकक)’ को समस्या भएको बताएका थिए । तर उनको समस्याको बारेमा चिकित्सकहरु अन्यौलजस्तै रहिरहँदा अन्यमा पनि उनको जस्तै समस्या देखिन थालेको थियो । त्यससँगै रोगको सीफूड मार्केटसँग कनेक्शन भएको विषय सार्वजनिक भएको थियो ।

वेई गुझियान बिरामी भएको २१ दिनपश्चात अर्थात् ३१ डिसेम्बरमा मात्रै कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो । गुझियानलाई जनवरी २०२० मै पूर्णं निको भईसकेको थियो । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies