Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लकडाउनका कारण कुखुरा व्यवसाय समस्यामा

हेटौँडा । कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन् ।

कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ । विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन् । साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुनेस्थित आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताइन् ।

त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उनको भनाइ छ । कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय सङ्घ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ । तर बिक्री वितरणको कमीले सङ्घले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ ।

उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले भने । पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies