काठमाडौं । अमेरिकामा कोरोना भाइरसको स्थिति भयाबह बन्दै गएको छ । बितेको २४ घण्टामा मात्रै ५१८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो सातादेखि कोरोना संक्रमितको दर गुणात्मक रुपले बढ्दै गएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ह्वाईट हाउसमा ब्रीफिंग गर्दै आगामी साता कोरोनाको कारण मृत्यु हुनेको संख्या अनौठो गरि बढ्ने सम्भावना दर्शाएका छन् । उनले अवस्था बिग्रिदैं गए निकै छोटो समयमा नै २२ लाख मानिसको ज्यान जान सक्ने बताएका छन् । उनले कोरोनाकै कारण अमेरिकाको हालत असाध्यै मुश्किल हुने सम्भावना दर्शाएका छन् ।
“१२ अप्रिल ईसाईहरुको लागि ठूलो फेस्टिबल हो, उक्त समयसम्म अमेरिकामा मर्नेहरुको संख्या अधिक हुनेछ, जबसम्म हामी बिरामीलाई जित्न सक्दैनौं तबसम्म अवस्था भयावह हुँदै जानेछ”, ह्वाइट हाउसको ब्रिफिङ्गमा ट्रम्पले भनेका छन् ।
जनाइएअनुसार ट्रम्प प्रशासनले आगामी मंगलबार कोरोना भाइरसको बढ्दो महामारी नियन्त्रणको विषयमा केहि विशेष घोषणा गर्नसक्नेछ ।
मृत्यु हुनेको संख्या १ लाखसम्म रोक्न सके जीत
आइतबार ह्वाई हाउसको बिफ्रिङ्गमा ट्रम्पले अवस्था बिग्रदैं गए छोटो समयमै २२ लाख अमेरिकीको ज्यान जानसक्ने बताए । उनले भनेका छन्, “सामाजिक नियमलाई यदि पालना गरिएन भने अमेरिकामा २२ लाख मानिसको ज्यान जान सक्छ । यदि हामी मृत्युको आँकडा एक लाखसम्म रोक्न सक्यौं भने पनि त्यसमा हाम्रो जीत हुनेछ ।”
न्यूर्योकसहितका ठूला शहर संकटतिर
न्यूर्योकसहितका मुख्य शहर कोरोना महामारीको कारण अत्याधिक संकट तिर धकेलिएका छन् । न्यूयोर्कमा कोरोनाको संक्रमणको दर र संक्रमितको मृत्यु हुनेको दर अत्याधिक बढ्दै गएको छ । आइतबारसम्म आउँदा त्यहाँ कोरोना संक्रमितको संख्या झण्डै ६० हजार पुगेको छ । जहाँ मृत्युदर पनि क्रमशः बढ्दै गएको छ । जनाइएअनुसार न्यूयोर्कमा संक्रमितको उपचार गर्ने ठाउँहरुको अभावका कारण समस्या डरलाग्दो गरि निम्तिन थालेको छ ।
न्यूर्योकसँगै न्यूजर्सी, क्यालीफोर्निया, मिशिगन, म्यासाचुसेट्स, फ्लोरिडालगायतका राज्यहरुमा पनि कोरोनाले संकट निम्त्याउँदै गएको छ । संक्रमितको बढ्दो संख्यासँगै उपचार केन्द्रहरुको अभाव हुन थालेको त्यहाँ सञ्चार माध्यमले बताएका छन् । एजेन्सी
प्रतिकृया लेख्नुहोस्: