Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, स्पेनमा एकैदिन गयो ८२१ जनाको ज्यान

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । सोमबार बिहानसम्म १९९ देशमा फैलिएको कोरोनाबाट ७ लाख २१ हजार बढी संक्रमित भइसकेका छन् ।

यस्तै, यो भाइरसबाट ३३ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । १ लाख ५१ हजार विरामी भने निको भएर घर फर्किएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा कोरोनाबाट २ हजार ४ सय बढीले ज्यान गुमाइसकेका छन् ।

यस्तै, इटालीमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । त्यहाँ सोमबार बिहानसम्म ९७ हजार व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन् । इटालीमा १० हजार बढी व्यक्तिले यो भाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा साढे ७ सय व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाको उत्पती भएको चीनमा संक्रमितको संख्या ८२ हजार नाघेको छ । त्यहाँ ३ हजार बढीले ज्यान गुमाएका छन् ।

स्पेनमा ८० हजार संक्रमित र करिब ७ हजार व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । जर्मनीमा ६२ हजार संक्रमित हुँदा ५४१ जनाले ज्यान गुमाएका छन् । यस्तै, फ्रान्समा कोरोना संक्रमणबाट साढे २ हजारको मृत्यु भएको छ । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । इरानमा संक्रमितको संख्या ३८ हजार र मृत्यु हुनेको संख्या साढे २ हजार नाघेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट संक्रमितको संख्या एक हजार नाघेको छ । त्यहाँ १ हजार २४ व्यक्तिमा संक्रमण र २७ जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तानमा यो भाइरसका कारण संक्रमित हुनेको संख्या १५ नाघेको छ । त्यहाँ २९ जनाले ज्यान गुमाइसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies