Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उपत्यकामा लकडाउनले घटायो प्रदूषण

काठमाडौं । प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभरको वायु गुणस्तरमा सुधार आएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - सवारी साधन, उद्योग कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको पाइएको छ। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण ९२।५ पीएम०को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ।

‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने अवस्था निकै सुधार आएको छ। तोकिएको राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ।’ उनका अनुसार शनिबार धुलिखेलमा २।५ को मात्रा राष्ट्रिय मापदण्डभन्दा कम १४, शंखपार्कमा २० र भैंसेपाटीमा २४ रेकर्ड भएको छ।

सरकारले प्रतिघनमिटर हावामा पीएम २।५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठनले २४ घण्टाका लागि २५ माइक्रोग्राम तोकेको छ । वायु गुणस्तर मापन गर्न वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमातहत नेपालका विभिन्न भेगमा १७ स्टेसन स्थापना गरिएका छन्। काठमाडौं, ललितपुर, धुलिखेल, पोखरा, लुम्बिनी, चितवनको सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा स्टेसन छन्।

अमेरिकी दूतावासले दूतावास परिसर महाराजगन्ज र कान्तिपथस्थित फोहोरा दरबारका दुई स्टेसनमार्फत पीएम २।५ को मात्रा मापन गर्दै आएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले लुम्बिनी, सौराह र रसुवाको यालामा स्टेसन स्थापना गरेको छ।

पोखरा, दाङ र दमक स्टेसनले पनि ती भेग आसपास प्रदूषण घट्दो देखाएको सिनियर केमिस्ट पौडेलले बताए। ‘पोखरामा शनिबारदेखि मात्रै प्रदूषण घट्न थालेको देखिन्छ। दाङमा पाँच दिनअघि घट्यो, बीचमा फेरि बढ्यो। तर अहिले सुधार आएको छ’, उनले भने, ‘दमकमा शुक्रबारसम्म केही बढी थियो, अहिले घटेको छ।’ यी केही स्टेसनको अवस्था विश्लेषण गर्दा देशभरिको वायुको गुणस्तरमा सुधार आएको अनुमान गर्न सकिने पौडेलको ठहर छ।

विज्ञका अनुसार वर्षा नभएसम्म हावामा पीएम २।५ तैरिरहन्छ। प्रि–मनसुन (मनसुन पूवाद्र्धको वर्षा)ले प्रदूषित वायु पखाल्न सहयोग गरेको मौसमविद् बताउँछन्। मध्य हिउँद र प्रि–मनसुनको समयमा सिरिया, अफगानिस्तान, पाकिस्तान, उत्तर­–पश्चिम भारत हुँदै पश्चिमी वायु नेपाल भित्रिन्छ। प्री मनसुनका बेला पश्चिमी वायुमा आँखाले नियाल्न नसकिने सूक्ष्म धुलोको कण ९हेज०को मात्रा उच्च रहन्छ।

मरुभूमि र अन्यत्रको धुलो, कलकारखाना, पूर्वाधार विकास र अन्य मानवीय गतिविधिले विकसित हुने धूवाँ, धुलो मि िश्रत सुख्खा कण नै हेज हो। लकडाउनले कलकारखाना, सवारी साधन र मानवीय चहलपहल कमी भएर वायु गुणस्तर सुधार भए पनि भारतको राजस्थान र पाकिस्तानको बलुचिस्थानको मरुभूमिको धुलोको प्रभाव भने रोक्न नसकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको तर्क छ।

‘प्रि–मनसुनमा खासगरी वैशाख पहिलो सातासम्म नेपालमा पश्चिमी वायु सक्रिय रहन्छ’, उनले भने, ‘पश्चिमी वायु जति बलियो हुन्छ, भारत र पाकिस्तानका मरुभूमिबाट हेज भित्रिने सम्भावना पनि उत्तिकै रहन्छ।’

केही दिनअघिको वर्षाले वायुमण्डलमा रहेको धूवाँ, धुलो पखालेपछि मौसम सफा देखिएको शाक्यको भनाइ छ। ‘लकडाउनले केही हदसम्म प्रदूषण घटाउन मद्दत गरेको छ तर वायुमण्डल सफा हुन त वर्षा हुनै पर्छ’, उनले भने।

वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक २३ हजारभन्दा बढीको मृत्यु घरभित्रको वायु प्रदूषणले हुने गर्छ। वायु प्रदूषणले ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।

संगठनले हावामा रहने धुलोको सूक्ष्म कणलाई मानिसको मृत्युको मुख्य कारक मानेको छ। सवारी साधन र आगो बाल्दा निस्किने धूवाँ नै २।५ माइक्रोनको धुलो बढाउने विज्ञको तर्क छ। उपत्यकाको प्रदूषणमा गाडीको धूवाँको मात्रा ३० देखि ३३ प्रतिशतको हाराहारीमा रहेको, त्यति नै मात्रामा सवारीले सडकको धुलो फैलाउने गरेको विभागको ठहर छ। इँटाभट्टाले १० प्रतिशत हाराहारी र बाँकी कलकारखाना र अन्य मानवीय गतिविधिले बढ्ने गरेको विभागका अधिकारी बताउँछन्।

‘यो अध्ययन केही वर्षअघिको हो, त्यस बेला उपत्यकामा मेलम्ची पाइपलाइन र पूर्वाधार विकासले प्रदूषण बढेको पाइएको थियो’, सिनियर केमिस्ट पौडेलले भने, ‘अहिले अवस्था त्यस्तो छैन, अद्यावधिक अध्ययन हुन बाँकी छ।’ उपत्यकामा स्वच्छ हावा भित्रिने नागढुंगा र पश्चिमी भेगबाट धादिङको नौबिसे र आसपासमा खुलेका भट्टा र अन्य कलकारखानाको धूवाँ पनि भित्रिन्छ।

नेपालसँग सीमा जोडिएको भारतका भूभागमा उद्योग, कलकारखाना र अन्य मानवीय गतिविधिले लुम्बिनीलगायत तराईका भेगमा केही वर्षयता प्रदूषण र तुवाँलो बढ्न थालेको वातावरणविद् बताउँछन्। पीएम २।५ को मात्रा ४४।४६ माइक्रोग्राम पुगेको अवस्थामा मानव स्वास्थ्यका लागि घातक मानिन्छ।

वातावरण विभागले सन् २०१७ को हिउँदमा गरेको अध्ययनअनुसार काठमाडौंमा पीएम २।५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो। स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईक्यू एअरले गत महिना सार्वजनिक गरेको ९८ वटा प्रदूषित देशको सूचीमा नेपाल आठौं स्थानमा छ । गत वर्षको तुलनामा काठमाडौंको वायुको गुणस्तरमा यो वर्ष सुधार आएको सो संस्थाले जनाएको छ। गत वर्ष उपत्यकाको वायुमा पीएम २।५ को मात्रा प्रतिघनमिटर ५४।४ माइक्रोग्राम रहेकामा अहिले ४४।५ माइक्रोग्राममा झरेको आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies