Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चालीस भारतीय नागरिक जनकपुरमा अलपत्र

जनकपुरधाम । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र बसेका हुन् ।

अस्थायी पालमा बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेका तीन बच्चा र पत्नी रहेको छ । व्यापार गर्ने क्रममा परिवारसहित आएका भोसलेको बस्ने, सुत्ने र खानेलगायतका सरसफाइका बारेमा खासै ज्ञान छैन । जीवन जिउनु छ, जसरी पनि बाँचिरहेका छौँ, पाँच दिन अगाडि मोटरसाइकलले छोरी राजश्री भोसलेको खुट्टामा घाउ लागेर रु पाँच हजार उपचारमा खर्च गरिसकेको बताउछन् । मोटरसाइकल चालक फरार भएपछि अहिले छोरीको उपचार गर्ने, खाना खानेसमेत पैसा छैन, भारत जाने कुनै उपाय नरहेकाले गर्दा जसोतसो आफूहरु जीवनयापन गर्दै आएको भोसलेले बताए ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सतर्कता अपनाउँदै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि दैनिक गुजारा गर्दै जीवनयापन गर्दै आएका यी व्यक्तिको अवस्था नाजुक भएको छ । दैनिक मजदूरी र व्यापार गरेर जीवनयापन गर्दै आएका यी ४० व्यक्ति अहिले विचल्लीमा परेका छन् । अस्थायी पालभित्र चर्को घाममा बस्नुपर्ने बाध्यता छ, वर्षा परेको खण्डमा आफूहरुलाई बस्न अझै समस्या हुने भएकाले आफूहरुलाई सहयोग गर्न ५५ वर्षीय कैलाश भोसलेले आग्रह गरेका छन् ।

खुला स्थानमा सामान्य पातलो प्लाष्टिक झुण्ड्याएर बालबच्चासहित बसोबास गर्दै आएकाले यी ४० व्यक्ति जुनसुकै बेलामा कुनै प्रकारको रोग र भाइरसको शिकार हुनसक्ने जोखिमपूर्ण अवस्थामा छ । सरसफाइदेखि लिएर शौचालय र खानेपानीकोसमेत कुनै व्यवस्था नरहेपछि दुई महिनादेखि अस्थायी पालमा बस्दै आएको रामकुमारी भोसलेले बताए । अस्थायी पालमा १० जना बालबालिका पाँच वर्षमुनिका रहेका छन् । बालबालिकाको सरसफाइ र लुगाकपडासमेत अभाव रहेको छ ।

यता ४० व्यक्ति निकै जोखिमपूर्णरुपमा खुला स्थानमा रहे पनि अहिलेसम्म कुनै पनि सङ्घसंस्था वा व्यक्तिले आफूहरुको अवस्थाबारे कुनै चासो नलिएको बताउनुहुँदै राजकुमारले भने, “हामी भारत पनि जाने अवस्थामा छैनौँ । निकै चिन्ता लागि रहेको छ ।” हामीलाई भारत जाने वातावरण मिलाइदिए जान चाहेको राजकुमारले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies