Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चीनको गोन्जाउबाट स्वास्थ्यमन्त्री ढकाललाई चिठ्ठी : के तपाईंले रुद्री गरेर पाप पखाल्न सक्नुहुन्छ ?

काठमाडौं । कोरोना संक्रमित बिरामीको उपचार गर्दा अनिवार्य लगाउनुपर्ने पीपीईसहित अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरीदमा स्वास्थ्य मन्त्रालयले ठुलो रकम भ्रष्टाचार गरेको चर्चा चलेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको नेतृत्वमा भएको खरिद प्रक्रियाबारे निकै नै प्रश्नहरु उठेका छन् । अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउने प्रक्रियाभन्दा पनि स्वास्थ्य सामाग्रीको मुल्यप्रति धेरैले आशंका गरेका छन् ।

यसैबीच चीनको गोन्जाउ शहरमा व्यापार गरिरहेका एनआरएनएका केन्द्रीय सदस्यसमेत रहेका नबिन बिकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा ठुलो रकम भ्रष्टाचार भएको भन्दै स्वास्थ्य मन्त्रालयले खरिद गरेको दररेटभन्दा निकै सस्तोमा आफुँले उक्त सामाग्री दिन सक्ने भन्दै स्वास्थ्य मन्त्रीलाई नै पत्र लेखेका छन् । उनले पत्रमार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ‘विपत्तीको बेलामा पनि पुस्तोसम्म पोल्ने पाप गरेको’ आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘स्वास्थ्य मन्त्रालयको इतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणित काम तपाईँ र तपाईँको मन्त्रालयबाट सायदै पहिला भएको छ। यो पाप तपाईँले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईँको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्यसँग खेलवाड गर्नु भएको छ ।’

व्यापारी विकले पत्रमार्फत आफुँले सरकारले खरिद गरेकोभन्दा ७ गुणा कम रेटमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन सक्ने बताएका छन् । विकले स्वास्थ्य मन्त्रालयले खरिद गरेको माक्सलाई आफुँले १ डलरमा दिन सक्ने बताएका छन् ।

यस्तो छ विकले लेखेको पत्र

माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ। यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्यसंग खेलवाड गर्नु भएको छ ।

कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु। मलाई मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट र इमेलमा Email: Fivestargrouplimited@hotmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

\"No

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies