Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोरोना भाइरस नियन्त्रणका लागि उद्योग व्यवसायीबाट दुई/दुई लाख सहयोग

झापा । झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन् ।

विर्तामोडस्थित अतिथि सदनमा शनिबार भएको सर्वपक्षीय भेलामा विर्तामोड, झापा, मेची र दमक उद्योग वाणिज्य सङ्घले दुईरदुई लाख रुपैयाँ र अन्य वाणिज्य सङघले एकरएक लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जिल्लास्थित विपद् व्यवस्थापन समितिले रु ५० लाखको कोष खडा गरेको छ । बैठकमा उद्योग तथा व्यवसायीले मजदूर राखेको भए लकडाउनको अवधिभर उनीहरुलाई खान, बस्नको व्यवस्था गर्न आग्रह गरिएको छ । सहकारी सङ्घलाई विपन्न नागरिकलाई आवश्यक खाद्यान्न राहतको तयारी गरी स्थानीय तहसँग समन्व्य गरेर वितरणको व्यवस्था गर्न र विभिन्न सामाजिक सङ्घ संस्थालाई राहत कोषमा सहयोग गर्न आह्वान समेत गरेको छ ।

खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुलाई सहजरूपमा विक्री वितरण र आपूर्तिको व्यवस्था मिलाउन व्यवसायीहरुले पहल गर्ने निर्णय भएको छ । बैठकमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेसका सभापति उद्धव थापा, प्रमुख जिल्ला अधिकारी उदय राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला, श्रीनयाँ श्रीनाथ गणका गणपति अमरजङ्ग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थक्सू, रेडक्रस झापाका सभापति लोकराज ढकाललगायतको उपस्थिति थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies