Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दूर अन्तरिक्षमा एउटा अद्भुत ग्रह, जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

एजेन्सी । खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ।

यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ।

व्यास्प-७६बी (Wasp-76b) नामले चिनिने उक्त ग्रहले आफ्नो माउतारालाई एकदमै नजिकबाट परिक्रमा गर्छ। दिउँसो यसको तापक्रम २,४०० डिग्री सेल्सीअस नाघ्छ। त्यो तापक्रममा धातुहरू पनि पग्लिन्छन्।

उक्त ग्रहको रात्रिकालीन तापक्रम १,००० डिग्रीले घट्छ। त्यसो हुँदा पग्लिएका धातुहरू सङ्घनित हुन्छन् र वर्षाका रूपमा तल खस्छन्। जिनिभा विश्वविद्यालयका डा. डाभिड एहर्न्राइशका अनुसार त्यो विचित्रको स्थिति हो। \'पानीका थोपाको वर्षाको साटो फलामका थोपा बर्सिएको अनुमान गर्नुहोस्,\' उनले बीबीसीलाई भने।

स्विट्जरल्यान्डका ती अनुसन्धानकर्ता र उनका सहकर्मीहरूले गरेको अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।

उक्त शोधमा अनुसन्धानकर्ताहरूले युरोपियन सदर्न अब्जर्भेटरीको चिलेस्थित भेरी लार्ज टेलिस्कोपमा भएको \'एस्प्रेसो\' नामक नयाँ उपकरण प्रयोग गरी कसरी Wasp-76b को रासायनिक प्रकृतिको विस्तृत अध्ययन गरियो त्यसको वर्णन गरेका छन्।

युरोपियन सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपमा एस्प्रेसो नामक स्पेक्ट्रोमिटर जडान गरिएको छ । हामीभन्दा ६४० वर्ष टाढा अवस्थित उक्त ग्रह आफ्नो माउताराको धेरै नजिकै छ। उक्त ग्रहलाई माउताराको परिक्रमा गर्न ४३ घण्टा लाग्छ।

तारातिर सधैँ उही भागमात्र देखिनु उक्त ग्रहको अर्को चाखलाग्दो विशेषता हो। वैज्ञानिकहरूले त्यस्तो

स्थितिलाई \'टाईडल लकिङ\' अर्थात् \'ज्वारबन्धन\' भन्छन्।

पृथ्वीको उपग्रह चन्द्रमा पनि त्यस्तै स्थितिमा हुन्छ। त्यसैले हामी सधैँ चन्द्रमाको एकातिरको भाग मात्र देख्छौँ।

यसको अर्थ के हो भने Wasp-76 को तारोन्मुख भाग दनदनी बलिरहेको छ।
त्यो गोलार्ध यति तातो छ कि त्यहाँ बादल विघटित हुन्छ र वायुमण्डलमा सबै अणुहरू टुक्रिएर परमाणुको रूपमा छरिन्छन्।

डा. एहरन्राइशको टोलीका अनुसार उक्त ग्रहको उज्यालो र अँध्यारो भागमा हुने तापक्रमको विशाल अन्तरले प्रचण्ड आँधी उत्पन्न हुन्छ। त्यस्तो आँधीको वेग १८,००० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ।

एस्प्रेसो स्पेक्ट्रोमिटर प्रयोग गरेर वैज्ञानिकहरूले उक्त ग्रहमा साँझपख फलामको बाफ निस्किएको प्रमाण फेला पारे। तर बिहानीपख फलामको कुनै सङ्केत बाँकी देखिएन।

\'हाम्रो अनुमान के छ भने ताराविमुख भागमा फलाम सङ्घनित भइरहेको छ। त्यो भागमा तापक्रम १,४०० डिग्री सेल्सीअस भए पनि फलामको बाफ सेलाएर बादल बन्न र सम्भवतः थोपाका रूपमा वर्षा हुन पर्याप्त छ,\' डा। एहरन्राइशले भने।

\'ती थोपा वायुमण्डलका भित्री तहहरूसम्म खसेका हुन सक्छन् जुन हाम्रो उपकरणले पत्ता लगाउन सक्दैन।\'

फ्रेडेरिक पीटेर्स विज्ञानकथाको विधामा परिचित चित्रात्मक उपन्यासकार हुन् । उक्त भीमकाय ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिको चौडाइभन्दा दुईगुना ठूलो छ। यूकेको नेतृत्वमा सञ्चालित व्यास्प टेलिस्कोप प्रणालीको नाम प्रयोग गरेर उक्त ग्रहलाई Wasp-76b भनिएको हो।

अनुसन्धान टोलीका एक सदस्य तथा वरिक विश्वविद्यालयका प्राध्यापक डन पोलाकोका अनुसार त्यस्तो अद्भुत संसारको परिकल्पना गर्न कठिन थियो।

\'यसले आफ्नो तारालाई धेरै नजिकैबाट परिक्रमा गर्छ। वास्तवमा त्यो ताराको बाह्य वायुमण्डलमै नाचिरहेको हुन्छ र सबै प्रकारका भौतिक प्रभावमा परिरहेको हुन्छ जुन साँच्चै भन्नुपर्दा हामीले बुझेका छैनौँ,\' प्राध्यापक पोलाकोले बीबीसी न्यूजलाई भने।

\'या उक्त ग्रह माउतारामै गएर मिसिन्छ वा त्यो ताराको विकिरण क्षेत्रले उक्त ग्रहको वायुमण्डललाई ध्वस्त बनाइदिएर चट्टान मात्र भएको तातो अन्तर्भाग बाँकी राखिदिन्छ।
डा। एहरन्रराइश चित्रात्मक उपन्यासका पारखी हुन्। उनले स्विट्जरल्यान्डका चित्रात्मक \'उपन्यासकार फ्रेडेरिक पीटेर्सलाई Wasp-76b को वर्णन गरिदिन आग्रह गरे।

\'प्रायः यस्ता खोजबारे हामी विस्तृत त्रि-आयामिक रचना देख्छौँ। सर्वसाधरणलाई ती वास्तविक चित्र हुन् कि कम्प्युटरबाट निर्मित चित्र भनेर छुट्याउन गाह्रो हुन्छ,\' उनले भने।

तर केही रमाइलो थपेर हामीले कसैलाई झुक्याएका हैनौँ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies