Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खोटाङबाट पाँच महिनाकि गर्भवती महिलालाई हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

खोटाङ । खोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि आजै नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

लकडाउन भएका कारण यातायात नचलेको अवस्थामा ती महिलाको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडांँै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ ।

पाँच महिनाकी गर्भवती तामाङलाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो । आज बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेको शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौँ सिफारिस गर्नुपरेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिए ।

तामाङको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसकेपछि हेलिकप्टरबाट काठमाडौँमा उपचार शुरु गरिएको तामाङका पति गणेश तामाङले बताउनुभयो ।

स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार गर्न नसकेपछि खोटाङ्का प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा नीजलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिएका छन्। उनले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिको विशेष व्यवस्था गर्न सबैलाई आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies