Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रहरीको नयाँ योजना : अब आदेश उल्लङ्घन गर्नेलाई पक्राउ होइन ‘होल्ड’

काठमाडौ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यही ठाउँमा बस्नु पर्नेछ ।

यसअघि सरकारी आदेश उल्लङ्घन गरेर निस्किँदा प्रहरीले पक्राउ गथ्र्यो । अब प्रहरीले जुन ठाउँमा भेटेको छ, त्यही ठाउँमा केही घण्टाका लागि ‘होल्ड’ गर्ने (एकै ठाउँमा राख्ने) छ । त्यहाँबाट कहिँ जान पाईँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यही ठाउँमा फर्कनुपर्छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको आदेश उल्लङ्घन गर्ने क्रम बढेपछि शुुक्रबारदेखि नेपाल प्रहरीले नियन्त्रण अभियानलाई तिब्रता दिएको थियो । यसरी नियन्त्रणमा लिँदा जोखिम बढ्ने देखेपछि प्रहरीले कारवाही अभियानलाई परिवर्तन गरेको हो ।

विभिन्न ठाउँबाट पक्राउ गर्दा सयौँको सङ्ख्यामा एकै ठाउँमा मानिसको भिड हुन्छ । भिड जम्मा गर्दा कसैमा रोगको संक्रमण भए फैलनसक्ने सम्भावना अधिक हुन्छ । प्रहरीमा रोग फैलियो भने समुदायमा जाने सम्भावना झन् बढी हुन्छ । त्यसैले आज मात्रै उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आदेश उल्लङ्घन गर्नेका लागि कारवाहीको नयाँ नियम लागू गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज सुवेदीले भने, “पक्राउ गरेर लैजाँदा मानिस धेरै जम्मा हुने र राख्ने ठाउँको अभाव तथा भिड बढी हुँदा जोखिम बढ्ने देखियो, त्यसैले अब कारवाही स्वरुप जसलाई जहाँ भेटिन्छ, उसलाई त्यहीँ होल्ड गर्न थालेका छौँ ।” उनका अनुसार सडकपेटीमा जहाँ भेटिन्छन्, त्यही ठाउँमा केही मिटरको दुरीमा मानिसलाई कम्तिमा दुई घण्टा राखिने छ । त्यसो गर्दा उनीहरुलाई प्रहरीले छुन पनि पर्दैन । जसले सबैजना सुरक्षित हुन सकिन्छ ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई उक्त विषयमा निर्देशन नै दिइसकेको पोखरेलले बताए । एकै ठाउँमा बस्दा उल्लङ्घनकर्तामा एउटा चेतावनी पनि हुने र जोखिम पनि कम हुने प्रहरीको विश्लेषण छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने विरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले अपराह्नसम्ममा पाँच सय बढीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैलाई प्रहरीले आजै छाडिसकेको छ । यसरी फक्राउ गर्दा समस्या देखिएपछि प्रहरीले आजदेखि उक्त काम थालेको हो ।

कोरोना भाइरसको सङ्मण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने क्रम भने अझै रोकिएको छैन । चेतना भएर पनि मानिसमा लापर्वाही गर्ने क्रम देखिएको छ । अन्य बेलाको जस्तो बन्द नभएकाले स्वास्थ्यमा खेलवाड गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । साँझ बिहान अझै बढी मान्छे निस्किने गरेका छन् । दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले कुनै सम्झौता गर्न नसक्ने प्रहरीले जनाएको छ । घरमै बसेर घरमै रमाउनुभन्दा अन्य विकल्प नहुने मनोविद पदमराज जोशी बताउछन् ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी यही चैत १८ गते बिहान ६ः०० बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । आज पाँचौँ दिन मुख्य सडक र बजारमा सरकारी आदेशको पूर्ण कार्यान्वयन भएको देखिएको छ । तर भित्री बजार र सडकमा भने अझै मानिसको चहलपहल देखिन्छ । साँझको समयमा बढी निगरानी जरुरी रहेको स्थानीयले बताएका छन् ।

मुलुकमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ । मुलुक लकडाउन भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था समेत मिलाएको गृह मन्त्रालयले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies