Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अमेरिकामा इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर

एजेन्सी । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन्।

त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन( सिनेटमा छलफल भएको थियो।

अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार दर्ता भएका थिए।

अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

ुअत्यावश्यक राहतु
ह्वाइटहाउसमा भएको ऐतिहासिक हस्ताक्षर कार्यक्रममा डेमोक्र्याट सांसदहरूलाई निम्त्याइएको थिएन। तर राष्ट्रपतिले ुदेशलाई पहिलो प्राथमिकता दिँदै आफ्ना मतभेदहरू अलग राखेर एकजुट भएकोमाु दुवै पार्टीलाई धन्यवाद दिए।

ट्रम्पले राहत प्याकेज यसअघिका कुनै पनि राहत कार्यक्रमभन्दा दुई गुना ठूलो भएको बताए।
उनले भने, ूयसले हाम्रा नागरिकका परिवार, कामदार र व्यापारमा अत्यावश्यक राहत प्रदान गर्नेछ।ू

कानुनमा हस्ताक्षर गर्नु ठिक अघि ट्रम्पले ुडिफेन्स प्रोडक्सन एक्टु ९डीपीए० भनिने कानुन लागू गरेका थिए जसले राष्ट्रपतिलाई निजी कम्पनीहरूलाई देशलाई आवश्यक पर्ने बस्तु उत्पादनको निम्ति बाध्य पार्ने अधिकार दिन्छ।

ट्रम्पले( यो निर्देशनले जनरल मोटर्सलाई सङ्घीय सरकारको निम्ति निकै खाँचो रहेको मेडिकल भेन्टिलेटर बनाउन बाध्य पार्ने बताए।

त्यसअघि ट्रम्पले ट्वीट गर्दै उक्त कम्पनीले निकै खाँचो रहेको ु४० हजार भेन्टिलेटर निकै छिट्टो दिने वाचा गरेकोु जनाएका थिए।

उनले डीपीए लागू गर्ने चेतावनी दिँदै भने, ूअहिले उसले निकै महङ्गोमा छ हजार भेन्टिलेटर मात्र त्यो पनि एप्रिलको अन्त्यमा दिने बताइरहेको छ।ू

हस्ताक्षर समारोहमा राष्ट्रपतिले भने, ूमेडिकल आपूर्ति छिट्टै व्यापक रूपमा हुनेछ।ू

ऐतिहासिक सङ्कट
डेमोक्र्याटहरूको बर्चस्व रहेको तल्लो सदनमा डेमोक्र्याट र रिपब्लिकन सांसदहरूले तीन घण्टा लामो छलफलपछि राहत प्याकेज स्वीकृत गरेका थिए।

सभामुख न्यान्सी पेलोसीले भनिन्, ूएक सय वर्षको खराब विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोनाभाइरसका कारण हाम्रो देशले आर्थिक र स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सङ्कटको सामाना गरेको छ।ू

संसद सदस्यहरू घरबाट मतदान गर्न तयार थिए तर आधा सदस्य उपस्थित हुनै पर्ने भनेर केन्टकीका रिपब्लिकन सदस्यले माग गरेपछि अन्तिममा उनीहरू वाशिङ्गटन फर्किन बाध्य भएका थिए।

प्याकेजप्रति असहमति जनाएका थोमस मास्सीइले ध्वनी मतको बिरोध गर्दै एक एक भोट लिइनु पर्ने माग गरेका थिए जसले प्रक्रिया लब्याउने थियो। तर उनको माग अस्वीकृत भयो।

अमेरिकामा हालसम्मकै धेरै मानिसद्वारा बेरोजगारी सुविधा माग

कोरोनाभाइरस प्रकोपबीच भारतमा गरिबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम

ट्रम्पले ट्वीटमा उनीप्रति आक्रोश व्यक्त गर्दै उनलाई ुतेस्रो कोटीको आत्मकेन्द्रितुको संज्ञा दिए र उनलाई रिपब्लिकन पार्टीबाट निकालिनु पर्ने माग पनि राखे।

प्याकेजमा के छरु
महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानूनमा गरिएको छ।

प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ।

यसले राज्य सरकारलाई सीधा रकम उपलब्ध गराउने र बेरोजगारी सुबिधा कार्यक्रमलाई सहयोग पुर्‍याउने बताइएकोछ।

भाइरस सङ्क्रमण नफैलियोस् भनेर अधिकारीहरूले अमेरिकाभर रेस्टुरेन्ट, बार सिनेमाहल, होटेल र व्यायामशालाहरू बन्द गरिदिएका छन्।

अर्थशास्त्रीहरूका अनुसार अमेरिकाको काम गर्ने समूहको हरेक पाँचजनामा एकजना व्यक्ति कुनै न कुनै किसिमको लकडाउनमा परेको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies