सुरुङ्गा । झापामा तीन सय २१ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । कोभिड–१९ को शङ्कास्पद बिरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो ।
जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । जिल्लाको बिर्तामोड नगरपालिकामा मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेजमा ९० श्ययाको क्वारेन्टाइन निर्माण भएको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।
त्यस्तै मेचीमा ७०, भद्रपुरमा ३२, दमकमा २४, शिवसताक्षीमा १६, अर्जुनधारामा १२, गौरादहमा १० र कनकाई नगरपालिकामा १० श्ययाको क्वारेन्टाइन निर्माण भएको छ । यसैगरी कचनकवल गाउँपालिकामा १४, कमल गाउँपालिकामा १३ तथा बुद्धशान्ति, झापा र बाह्रदशी गाउँपालिकामा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
सो कार्यालयका अनुसार निर्माण भएका क्वारेन्टाइनमा हालसम्म ५४ जनालाई र भारतलगायत तेस्रो मुलुकबाट आएकामध्ये अहिलेसम्म ३३१ जनालाई होम क्वारेन्टाइनमा राखिएका छन् ।
बुद्धशान्ति गाउँपालिकामा छ वटा एम्बुलेन्स
कोभिड–१९ को सङ्क्रमणबाट बच्न गरिएको लक डाउनका समयमा सेवा पु¥याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले ६ वटा एम्बुलेन्स तयार गरेको छ ।
गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्स चालकको नाम र नम्बरसहित सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले विपद् परेको समयमा एम्बुलेन्स सेवा लिन सबैमा अनुरोध गरेको छ ।
एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपिई ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाएका छन् । गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीको मे१च १५५५, गरिमा बचतको मे१च २९७७, रामजानकी मन्दिरको मे१च ४६१, हनुमान मन्दिरको मे१च ४११ र स्वास्थ्य चौकी शान्तिनगरको मे१झ १०५ नंको एम्बुलेन्स तयारी अवस्थामा राखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय झापाले दमक, विर्तामोड, धुलाबारी, कनकाई, बनियानी र भद्रपुर क्षेत्रका छवटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ ।
प्रतिकृया लेख्नुहोस्: