Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आजदेखि खुला तरकारी हटिया सञ्चालन

राजविराज ।कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ । नगरपालिकाको शुक्रबारको बैठकले तीन बुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान राजरङ्गशालामा सामाजिक दूरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

गुद्री तरकारी हटियामा जग्गा छोटो भएर भीडभाड बाक्लो हुन थालेपछि यस्तो तरिकाले आम जनसमुदायमा तरकारी किनमेलका लागि सहजता हुने उनले विश्वास व्यक्त गरे । राजरङ्गशालामा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकबीच दुई मिटरको दूरी कायम गरी घेराचिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्न पाइने व्यवस्था मिलाइएको राजविराज नगरपालिकाले जनाएको छ ।

विश्वभरि फेलिएको कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि घरघरमा पुर्‍याउने व्यवस्था गर्ने र अनलाइनमार्फत खाद्यान्न सामग्री घरघरमा पुर्‍याउने प्रयाससमेत भइरहेको व्यापारीले बताएका छन् ।

नगरपालिकाले शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि (डिसइन्फेक्टान्ट) औषधि नियमितरूपमा छर्ने निर्णय पनि गरेको छ ।रासस

अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँघुरो रहेकाले यसलाई मध्यनजर गरी राजरङ्गशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ । नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडाध्यक्षलाई समेत निर्देशन दिएको नगरप्रमुख यादवले जानकारी दिए ।

वडा नं ८ स्थित पुलचोकमा पाँच, सिन्हाग्यारेज नजिक दुई र रुपनी रोडस्थित सफटेक कलेज नजिक तीन तरकारी पसल व्यवस्थितरूपले सञ्चालनका लागि तयार भएको राजविराज नगरपालिका–८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies