Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

झापाका अस्पतालले बिरामी लिन मानेनन्

झापा। अधिकांश अस्पतालमा गेट लगाइएको छ । बिरामी जाँदा त्यहाँ रहेका सुरक्षा गार्डले भित्र प्रवेश गर्न नदिई फर्काउने गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - २५ फागुनमा छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी ९४०० चार दिनअघि अचेत भए । परिवारजनले नजिकैको क्लिनिक लगे । उसले मेची अस्पताल पठायो । तर, मेची अस्पतालले ढोकै खोलेन ।

अत्तालिएका आफन्त अचेत दर्जीलाई बोकेर भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पताल पुगे । यसले पनि भर्ना लिए । त्यसपछि उनीहरू बी एन्ड सी अस्पताल पुगे । त्यहाँ गेटबाट भित्र छिर्नै दिइएन । शुक्रबार यो समाचार तयार पार्दासम्म उनी अचेत नै छन् ।

कोरोनाको त्रास भन्दै यसरी अस्पतालले विरामी हेर्न छाडेपछि सर्वसाधारण उपचार पाउनबाट वञ्चित भएका छन् । ‘मेची अस्पताल पुर्‍याउँदा यहाँ हुँदैन भन्दै झ्याप्पै ढोका थुनिदिए । त्यसपछि ओम साई पाथीभरा अस्पताल भद्रपुर लग्यौँ । त्यहाँ पनि मानेनन् । बी एन्ड सीले त झन् गेटभित्रसमेत पस्न दिएन । कराउँदै बाहिर निकाल्दिए,’ दर्जीकी श्रीमती देवीले रुँदै भनिन्, ‘अब कहाँ लैजाऊँ रु’

चित्रबहादुर दर्जी मात्र हैन, अन्य बिरामीलाई पनि झापाका निजी तथा सरकारी अस्पतालले यसरी नै फर्काउन थालेका छन् । अर्जुनधारा ११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विन भारती लामो समयदेखि ज्वरो आएर अस्पताल बसे । करिब एक हप्ताअघि उनी निको भएर घर पनि फर्किए । तर, फेरि केही दिनदेखि बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍यायो ।

डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो । ‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् शाहीकालमा जस्तो खेद्यो । त्यसपछि हामी अञ्जली र मनमोहन गयौँ । त्यहाँ पनि डाक्टर नभएको भन्दै फर्काए,’ बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले नानी गम्भीर छ । उपचार भइरहेको छैन ।’

सरकारले लकडाउन घोषणा गरेयता जिल्लाका अधिकांश अस्पतालले गेटबाटै बिरामी फर्काउने गरेका छन् । झापाका अधिकांश अस्पतालका गेट बन्द गरिएका छन् । बिरामी जाँदा सुरक्षा गार्डले भित्र प्रवेश दिँदैनन् ।

‘कोरोनाको डरले अरू बिरामी पनि राख्दैनन् । अब अरू बिरामीचाहिँ मर्नू रु,’ शिवसताक्षीबाट उपचारका लागि बिर्तामोड अस्पताल आएका शिव भुजेलले भने, ‘अरूवेला बिरामी तानातान गर्दै हिँड्ने अस्पताल अहिले बिरामी पनि राख्दैनन् ।’

इमरजेन्सी चलिरहेको छ : डा. ठाकुर

मेची अस्पतालले भने कुनै पनि बिरामीलाई नफर्काइएको दाबी गरेको छ । अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन भइरहेको दाबी गरे । ‘कोही बिरामी फर्किएका छैनन् । इमरजेन्सी चलिरहेको छ,’ मेची अस्पताल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुरले भने, ‘सिरियस बिरामीको उपचार गर्छौं ।’

पूर्वमा नाम चलेको बी एन्ड सी अस्पतालले पनि कुनै बिरामी नफर्किएको दाबी गरेको छ । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अहिले पनि अस्पतालमा १५० भन्दा बढी बिरामी रहेको भन्दै कसैलाई नफर्काएको दाबी गरे ।

बिरामी नलिए प्रशासनले हस्तक्षेप गर्छ : सहायक प्रजिअ

झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले पछिल्लो समय यस्ता गुनासो बढेको बताए । गुनासो बढिरहेकाले संकटका वेला सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्ने तयारी गरेको उनले जानकारी दिए ।

‘हामीले सबै निजी अस्पताललाई भनेका छौँ । यो संकटका वेला तपाईंहरू माग नराखी सहयोग गर्नुहोस्,’ उनले भने, ‘अहिले हामी समन्वय गर्छौं । नमाने प्रशासनले हस्तक्षेप गर्छ, कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies