Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना रोकथाम कोषमा १५ करोड ३१ लाख जम्मा

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपैयाँ जम्मा भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ -प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्दकुमार पौडेलले केन्द्रीय कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख रुपैयाँ जम्मा भएको जानकारी दिए ।

सो कोषमा नाम नखुलेका तथा एक लाख रुपैयाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब २५ लाख रुपैयाँ जम्मा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपैयाँ आउने क्रममा रहेको जानकारीसमेत प्रवक्ता पौडेलले दिए ।

सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन् ।

चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एलसेल प्रा।लिले दस करोड रुपैयाँ, कृषि विकास बैङ्कले एक करोड २५ लाख रुपैयाँ, निर्माण व्यवसायी कोषले एक करोड रुपैयाँ, भाटभटेनी सुपरमार्केटले एक करोड रुपैयाँ, एनईबीएलले एक करोड, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले ५० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेका छन् ।

सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले दुई लाख रुपैयाँ जम्मा गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies