Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था

भद्रपुर । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ ।

अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पुर्याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताए ।

उनले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति (पास) लिएको गाडीमा तरकारी राखेर आजदेखि घरघरै पुर्याउन थालिएको र तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको जानकारी दिए ।

उनले भने, “कोभिड–१९ को सङ्क्रमणको जोखिमको ख्याल नगरी सर्वसाधारणहरु तरकारी पसलमा भीड लागेको देखेर सङ्कटको बेला सहयोग गर्ने उद्देश्यले आफूहरुले घरघरमा तरकारी डेलिभरी सेवाको व्यवस्था गरेका हौँ ।”

उनका अनुसार काक्राको मूल्य प्रतिकेजी रु ५०, टमाटरको रु ५०, बैगुनको रु ५०, बोडी र करेलाको मूल्य भने प्रतिकेजी रु २०० कायम गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकराम भट्टराईले घरघरमा तरकारी पुर्याउने कार्य अहिलेको अवस्थामा अति आवश्यकीय र सुरक्षित भएको सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन् । फार्म सञ्चालकहरुले आफ्नो फोन नम्बर सामाजिक सञ्जालमार्फत सम्पर्कका लागि सार्वजनिक गरेपछि प्रशस्त माग आइरहेको अधिकारीले बताए ।

“पहिलो प्राथमिकता अर्जुनधारा नगरभित्रकाका लागि हो”, उनले भने, “अन्य छिमेकी नगरबाट समेत फोन आइरहेको छ । उनीहरुलाई पनि यस्तो सङ्कटका बेला सेवाचाहिँ दिने हो कि भन्ने सोच बनाइरहेका छौँ ।” स्थानीय पत्रकार दिपीन राईले बजारको भीडभाडमा जाने अवस्था नरहेको अवस्थामा घरघरैमा बजार मूल्यमै ताजा तरकारी पुर्याएर सेवा दिने अभियानलाई स्थानीय सरकारहरुले प्रोत्साहित गर्नुपर्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies