Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कतै चीनले कोरोनाबाट मर्नेहरुको संख्या त लुकाईरहेको छैन् ? १.५ करोड मोबाइल प्रयोगकर्ता कसरी भए वेपत्ता ?

काठमाडौं । कोरोना भाइरस र यसको प्रभावबारे चीनले सार्वजनिक गरेको तथ्यांकबारे निकै आशंकाहरु जन्मिएका छन् । अन्तराष्ट्रिय जगतमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्याबारे चीनले दिएको तथ्यांकमा व्यापक आशंका छन् । केहि ठुला मानिएका अन्तराष्ट्रिय सञ्चार माध्यमले चीनले तथ्यांकहरु लुकाइरहेको पनि टिप्पणी सार्वजनिक गरेका छन् ।

यसैबीच कोरोनाको मुख्य प्रभाव क्षेत्र वुहानमा १.५ करोड मोबाइल प्रयोगकर्ता गायब भएको तथ्यांक सार्वजनिक भएको छ । जसलाई आधार मान्दै केहि सञ्चारमाध्यमले ती १.५ करोड मानिस वेपत्ता नभई कोरोनाबाट मरेको आशंका गरेका छन् ।

चीनकी एक ब्लगर जेनिफर जेंगले एक तथ्य सार्वजनिक गर्दै १.५ करोड मानिसको बारे सबाल खडा गरेकी छिन् । जसमा उनले चीनमा मोबाइल प्रयोकर्ताको विषयमा विश्लेषण गरेकी छिन् ।

२ महिनामा १.४६ करोड मोबाइल प्रयोगकर्ता गायब

चीनको मोबाइल कम्पनी चाइना मोबाइलद्धारा जारी आंकडालाई हेर्दा जनवरीदेखि फ्रेबुअरीसम्म ८.११६ मिलियन अर्थात् ८१ लाख मोबाइल प्रयोगकर्ता हराएका छन् । चीनको दोस्रो कम्पनी चाइना यूनीकोमको जनवरीको आँकडामा १ मिलियन अर्थात १० लाख मोबाइल प्रयोगकर्ता गायब भएका छन् ।

यसैगरी चीनको अर्को ठूलो मोबाइल सर्भिस प्रदायक कम्पनी चाइना टेलीकम्यूनिकेशनको आंकडाअनुसार फ्रेबुअरी महिनामा ५.६ मिलियन अर्थात् ५६ लाख प्रयोगकर्ता गायब भएका छन् ।

\"https://ezone.ulifestyle.com.hk/article/2596539/23%20%E5%B9%B4%E9%A6%96%E6%AC%A1%E5%A4%A7%E5%B9%85%E4%B8%8B%E9%99%8D%20%E4%B8%AD%E5%9C%8B%E7%A7%BB%E5%8B%95%E6%B5%81%E5%A4%B1%20725%20%E8%90%AC%E7%94%A8%E6%88%B6%E6%83%B9%E7%8C%9C%E7%96%91#CCPVirus#COVID2019\"/

यी तीन मोबाइल कम्पनीको आँकडालाई जोड्दा कुल १.४६ करोड मोबाइल प्रयोगकर्ता गायब भएको देखिन्छ । प्रश्न गम्भिर उठेको छ, यी हराएका मानिस कहाँ गए ? किन मोबाइल एकैपटक चलाउन छोडे ? कतै कोरोना भाइरसको सिकार त भएनन् ?

चीनले हालसम्म कोरोनाबाट ३,२८७ जनाको मात्रै मृत्यु भएको बताएको छ । तर प्रश्न यी मानिस कहाँ हराएका छन् ?

कतै चीन झुठ त बोलिरहेको छैन ?

जब चीनमा कोरोनाको प्रकोप सुरु भयो त्यस समय विश्वभर चीनले प्रस्तुत गरेको तथ्यांकबारे निकै प्रश्नहरु गरिएका थिए । चीनले सुरुवातमै तीन सातासम्म कोरोनाको बिरामीबारे तथ्य नै लुकाएको थियो । करीब तीन हप्ता पछि भयावह बनेको स्थितिमा पनि थोरै संख्या देखाएको भन्दै निकै प्रश्न उठेको थियो ।

\"\"/

टेन्सेन्टको कम्पनीको रिपोर्टमा पनि ठूलो संख्यामा मृत्यु भएको उल्लेख छ

पछिल्लो महिना चिनियाँ कम्पनी टेनसेन्टको एउटा रिपोर्ट लीक भएको थियो । जसमा कोरोनाबाट मर्नेको संख्या २४ हजार ५८९ बताइएको थियो । लीक रिपोर्टमा १ लाख ५४ हजार मानिस संक्रमित भएको दाबी गरिएको थियो । तर त्यो रिपोर्ट सार्वजनिक भएको केहि समयमा नै उक्त टेनसेन्ट कम्पनीले तथ्यांकमा फेरबदल गरेको थियो । कम्पनीले सरकारी तथ्यांकसँग मिलाउन तीन पटकसम्म आफ्नो तथ्यांकलाई मिलान गरेको थियो ।

स्याटलाईट तस्बीरबारे भएको थियो चर्चा

गत फ्रेबुअरीको पहिलो साता चीनको वुहान र चोंककिंगको केहि स्याटलाईट तस्बिर सार्वजनिक भएका थिए । जसमा ठुलो क्षेत्रफलमा केहि जलाईरहेको देखिन्थ्यो । उक्त क्षेत्रको आकाशमा भारी मात्रामा सल्फरडाईअक्साईडको ग्याँस देखिएको विषय सार्वजनिक भएको थियो ।

त्यस समय वुहानको वायुमण्डलमा सल्फरडाईअक्साईडको स्तर १७ सय यूजी/घन मीटर पाइएको थियो । जुन सामान्य अवस्थाभन्दा २१ गुणा बढि हो । विशेषज्ञले मृतक प्राणीको लाश जलाउँदा मात्रै त्यस्तो ग्यांस निस्कने भन्दै बुहानमा केहि प्राणीको लास जलाइएको बताएका थिए ।

\"\"/

त्यस समय वुहान र चोंककिंगको आकाशमाथि सल्फरको मात्रा अत्याधिक देखिएपछि एक इन्टेलवेभ नामको कम्पनीले एकैपटक १४ हजार शव जलाएको दाबी गर्दै आफ्नो तथ्य प्रस्तुत गरेको थियो । जसको तस्बिर चिनियाँ सामाजिक सञ्जालमा पनि निकै भाइरल बनेको थियो ।

सल्फरडाईअक्साईड ग्याँस दुवै शहरको माथि देखिएको थियो । यी दुवै शहर कोरोनाबाट निकै प्रभावित बनेका थिए । उक्त समय चीनले तथ्य लुकाएको भनेर पनि निकै अड्कलबाजी गरिएको थियो । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies