Khabar Dabali Logo
  August 14, Fri

जहाजमा सङ्क्रमित युवतीसँगै आएका सिन्धुपाल्चोकाका तीनै जना क्वारेन्टाइनमा

मेलम्ची। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका थिए ।

मङ्गलबार साउदी एयरवेजमा आएका यात्रुको विवरण सार्वजनिक भएपछि सिन्धुपाल्चोकका तीन जना रहेको खुलेको थियो । एउटै जहाज प्रयोग गरेका जिल्लाका तीनै जनाको विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । युवती आएको जहाजमा आएका सिन्धुपाल्चोकका तीन जना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लले जानकारी दिए । उनीहरुमध्ये एक होम क्वारेन्टाइनमा, एक काठमाडौँ जोरपाटीस्थित ह्वाइट गुम्बा र अर्का व्यक्ति स्वयम्भूको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।

उनीहरुको परिवारलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरि सकिएको उनको भनाइ छ । यस्तै मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङकी ३५ वर्षीया युवती दुवईबाट भारत, काठमाडौं हुँदै गाउँ छिरेको सूचना प्राप्त भएपछि तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिसस संयोजक तामाङले अनुरोध गरेपछि मेलम्ची इलाका प्रहरीको अगुवाइमा हाल चिकित्सकको निगरानीमा रहेको प्रहरी निरीक्षक फलबहादुर तामाङको भनाइ छ ।

मेलम्ची १२ बाँसबारीका दुई युवा भारतबाट घर फर्केर निर्बाध हिंँडडुल गरिरहेकाले तिनलाई समेत नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लगाउन प्रहरी एकाइ खटाइएको उनको भनाइ छ । चौतारास्थित जिल्ला अस्पतालमा दुवईबाट घर फर्केका तीन जनालाई स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमा राखिसकिएको तामाङले जानकारी दिए।

चैत १३ गते, २०७६ - १५:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी...   

लिदी पहिरो : बेपत्तामध्ये १७ जनाको शव फेला

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता...   
सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

काठमाडौ । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराेले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा...   

सिआइवीको नाममा ठगी गर्न खोज्ने अधिकारी पक्राउ

काठमाडौ । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको...   

निजी अस्पताललाई २० प्रतिशत श्यया कोरोनाका लागि राख्न अनुरोध

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि...   

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना पुष्टि

रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

स्याङ्जा पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका...   
रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

मन्थली । प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पक्राउ गरेको छ । उनलाई...   
नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top