Khabar Dabali Logo
  April 3, Fri

सम्बन्धविच्छेद गरेको वर्षौंपछि एक भए ऋतिक र सुजैन, कारण बन्यो लकडाउन

ऋतिक रोशन र सुजैन खान अलग्गिएको निकै धेरै समय बितिसक्यो । तर यी दुईको दोस्ती अहिले पनि कायम नै छ । ऋतिक र सुजैन दुबैले एक–अर्कालाई समर्थन गरिरहेको देखिन्छ । आफ्ना बच्चाका लागि यी दुई धेरैजसो सँगै पनि देखिन्छन् । यसपटक पनि बच्चाका लागि यी दुई पुनः सँगै देखिएका छन् । यी दुई २१ दिन सम्म लकडाउन हुनेछन् ।

ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै एक विशेष पोस्ट सेयर गरेका छन् । साथै सुजैनको एक तस्बिर पनि सेयर गरेका छन् । यसै पोष्टमा उनले सुजैन आफ्ना बच्चाका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन् ।

ऋतिकले सोशल मिडियामा साझा गरिएको एक पोस्टमा लेखे, ‘यस्तो समयमा आफ्नो बच्चासँग अलग हुनेबारे सोच्नु एक आमा–बुवाका लागि अकल्पनीय हो, जब देश लकडाउनको स्थितीबाट गुज्रिरहेको छ ।’

‘अनिश्चितता, थुप्रै महिनाका लागि सोशल डिस्टेन्सिङ र लकडाउनको रुपमा संसार एक भइरहेको देख्नु साँच्चै नै मन छुने खालको समय हो । ’

ऋतिकले थपे, ‘यति सपोर्टिभ र स्थितीलाई बुझ्ने कोसिस गरेकोमा सुजैन तपाईंलाई धन्यवाद । हाम्रा बच्चाले त्यो कहानी बताउनेछन् जुन हामीले उनीहरुका लागि बनाउनेछौं । म आशा गर्छु, हामी आफ्नो र आफ्ना प्रियजनको स्वास्थ्यको रक्षा गर्नका लागि हामी सबैले खुल्ला मनले प्रेम, सहानुभूति, साहस, शक्ति व्यक्त गर्न आफ्नो तरिकाको खोजी गर्नेछौं ।’

चैत १३ गते, २०७६ - १४:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

काठमाडौ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री...   

आयल निगमले कोरोना रोकथाम कोषमा ५० करोड सहयोग गर्ने

काठमाडौ । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष...   

कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौ । कोरोना संक्रमित १९ वर्षिय युवती र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक दुबैलाई दोस्रो परिक्षण...   
मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

काठमाडौ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

लकडाउनमा खुल्ला रहेका तरकारी पसल आजदेखि बन्द गर्ने

दमौली । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला...   

स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा आठ सय ६४ जनाकाे मृत्यु

म्याड्रिड । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट...   
महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

काठमाडौ । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका...   

आजदेखि सुर्खेतमै कोरोना परीक्षण शुरु हुँदै

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top