Khabar Dabali Logo
  September 21, Mon

गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स चलाउने

लमजुङ । लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका, आशङ्का भएका र कुनै बिरामीलाई परीक्षणका लागि पालिकावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्रको कुनै पनि नागरिकमा सङ्क्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि दुई एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनले भने, “गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि विभिन्न ठाउँबाट भाडामा लिएर सङ्क्रमणको अवधिभर गाउँपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको हो ।”

गाउँपालिकाले वडा नं. १ देखि ४ वडावासीका लागि ग२च ७३९२ नं. को एम्बुलेन्स र वडा न. ५ देखि ९ नम्बर वडावासीका लागि ग१झ ४४८ नम्बरको एम्बुलेन्स गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए ।

उनले भने, “ अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने मानिसलाई फर्काएका छौँ ।” गाउँपालिकाको दुई स्थानमा स्वास्थ्य सहायत कक्ष राखिएको उनको भनाइ छ ।

चैत १३ गते, २०७६ - १३:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले आफ्नो ट्वीटरद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरे

ओलीले आफ्नो ट्वीटरद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै...   

कैद सजाय छुट हुने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेशानुसार कैद सजाय छुट हुनसक्ने व्यवस्थालाई...   

किसानलाई जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

इलाम । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले...   

आगामी ५ दिन देशका धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना: मौसम विभाग

काठमाडौँ । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम...   

प्रयोग गरिसकेपछि मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम झन बढ्दै

बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि...   

चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो पाउँदै

इलाम । नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने...   

माग घटेको भन्दै रोकिएको फर्नेस तेल निगमले ४ वर्षपछि पुनः बिक्री गर्दै

काठमाडौँ । माग घटेको भन्दै चार वर्ष अघिदेखि रोकिएको फर्नेस आयलको बिक्री पुनः सुरु गरिएको छ । नेपाल...   

सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण...   
वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

वालिङ नगरपालिकाको बस्ती विस्थापन गर्ने/नगर्ने भन्नेबारे अध्ययन समिति गठन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने/नगर्ने अध्ययनका लागि समिति बनाएर काम...   

उत्पादित वस्तु बजारीकरण गर्न समस्या

रुकुम । रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top