Khabar Dabali Logo
  April 9, Thu

कोरोना प्रभाव, इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्याे

जेनेभा । कोरोनाभाइरसको सङ्क्रमण शुरु चीनको हुबे प्रान्तको उहान शहरबाट भएको थियो । चीनमा कैयौं दिनसम्म एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट नियन्त्रण पायो । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गयो ।

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २८७ पुगेको छ । हिजो यो सङ्ख्या तीन हजार २८२ रहेको थियो । यसैगरी यस रोगबाट यहाँ ८१ हजार २८५ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार ५०३ जनाको मृत्यु भएको छ । हाल ७४ हजार ३८६ जना सङक्रमित रहेका छन् ।

यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७३८को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६४७ पुगेको हो ।

ब्रिटेनका राजकुमार चाल्र्समा पनि कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । त्यसैगरी स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको समाचारमा जनाइएको छ ।

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ ।

स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्याउन मतदान गरिने भएको छ ।

विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८०२ कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६७० नाघेको छ । भारतमा आजसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।

गत मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्नु हुँदै मध्यरातबाट लागु हुने गरी आगामी २१ दिनसम्म लकडाउन जारीको घोषणा गर्नु भएको थियो ।

“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भनेका थिए ।

चैत १३ गते, २०७६ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोको हरामविरूद्धको कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्यु : सैनिक

अजमेना । बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको...   

कोरोना सङ्क्रमण भेटिएदेखि इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

इटली । इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा...   

घरको पानी ट्याङ्कीभित्र लुकाएका चोरीका गहनासहित बाबुछोरा पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी...   

काठमाडौ बाहिर पठाउने भनि गरिएको निर्णय रद्द

काठमाडौ । लकडाउनको समयमा काठमाडौमा रोकिएकाहरुलाई भोली र पर्सि उपत्यका बाहिर पठाउने भन्ने निर्णय...   

कोरोना कहर : भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा...   

आज उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० जना कारवाहीमा

काठमाडौ । उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ ।...   

कोरोना सम्बन्धित राहतमा ट्वीटरका संस्थापक डोर्सेले एक अर्ब डलर सहयोगको घोषणा

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग...   

जुम्लाको नाकाबाट पक्राउ परेका १३ युवा क्वारेन्टाइनमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा...   

साउदीमा चार नेपालीलाई कोरोना सङ्क्रमण, तीन जना निको भई काममा फर्किए

काठमाडौ । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित...   

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top