Khabar Dabali Logo
  April 8, Wed

पाल्पामा ११८ बेडको क्वारेन्टाइन, विदेशबाट आएको व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । उनले विदेशबाट आएका नागरिकलाई अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्न आग्रह गरे । क्वारेन्टाइनमा दुई जना स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी खटिने छन् ।

क्वारेन्टाइन निर्माणमा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता श्रेष्ठ, अधिकृत यादव अर्याल, स्वास्थ्य क्षेत्रका कर्मचारी र स्थानीय बासिन्दा खट्नुभएको छ । कोरोना भाइरसको जोखिम रहेकाले तत्कालका लागि १० शय्याको क्वारेन्टाइन स्थल निर्माण गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले अझै बिस्तार गरिने जानकारी दिए ।

यसैबीच तानसेन, रामपुर, माथागढी, रम्भा, बगनासकाली र रिब्दीकोट गाउँपालिकामा क्वारेन्टाइनका लागि शय्या तयार भएको छ । तानसेन नगरपालिका बर्तुङ्स्थित जनप्रिय माविमा १५ शय्या तयार भएको छ । रामपुरको बालकल्याण प्राविमा २० शय्याको क्वारेन्टाइन तयार भएको छ । जिल्लाकै बगनासकाली गाउँपालिकाको चापपानीस्थित चन्द्र माविमा २० शय्याको क्वारेन्टाइन बनेको छ । माथागढी गाउँपालिका–३ सराईस्थित दिव्यज्योति नमूना माविमा १५, रम्भाको ताहुँस्थित रम्भा माविमा ५० र रिब्दीकोट गाउँपालिकाको कुसुमखोलास्थित सरस्वती माविमा १८ शय्याको क्वारेन्टाइन तयार भएको छ ।

चैत १३ गते, २०७६ - १२:११ मा प्रकाशित

अरेबियाको उडानबाट आएका ३ युवकमा कोरोना नभएको पुष्टि

कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको...   

लकडाउनको समयमा दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई...   

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक

झापा । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९...   

प्रदेश नं. १ : सीमा क्षेत्रमा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

झापा। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी...   

विभिन्न सहकारीद्धारा विपन्न परिवारको लागि १ करोड ५० लाख सहयोग

झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत...   

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण...   

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन...   

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा...   

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top