Khabar Dabali Logo
  September 21, Mon

सिमकोटमा आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान प्रवेश निषेध

हुम्ला । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ ।

सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । उनले भने, “कुनै आपत परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ ।” त्यस्तै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक गाउँबाट अर्को गाउँ र वडा प्रवेशमा निषेध लगाउने निर्णय गरेको उनले बताए ।

आवश्यकतानुसार कोषमा पैसा हेरफेर गर्न सकिने गरी निर्णय भएको गाउँपालिकाका प्रवक्ता रुपसिंह सुनारले बताए । पालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिल्ला बाहिर रहे पनि बैठकले आपतकालीन कोष खडा गरेको उनले बताए।

बैठकले वडा नं १ देखि ८ सम्मका कोहीकसैमा समस्या वा कोरोनासम्बन्धी जानकारी लिनुपरेमा तीन जनालाई सम्पर्क गर्न भनिएको छ । अध्यक्ष पदमबहादुर लामा ९८५८३२०५२९, उपाध्यक्ष वलि रावत ९८५८३२२१५३ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया ९८५८०२८९२१ लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता सुनारले जानकारी दिए।

चैत १३ गते, २०७६ - ०९:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न मन्त्रालयको आग्रह

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न मन्त्रालयको आग्रह

काठमाडौं । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

कार्यान्वयनमा आयो वैदेशिक रोजगारीमा रहेकाले मोबाइलबाटै पैसा पठाउन सकिने व्यवस्था

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था...   

पर्यटनमन्त्रीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...   

काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच झड, कार्यकर्ता घाइते

गुल्मी । नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति...   

मकवानपुरमा जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु...   
उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)

उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)

काठमाडौं । आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेकोस्वास्थ्य तथा जनसंख्या...   
बितेको २४ घण्टामा कोरोनाबाट थप १६ को मृत्यु

बितेको २४ घण्टामा कोरोनाबाट थप १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४२७...   

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस...   
वामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

वामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा रिट, बुधबार पेशी

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने...   

भौतिक पूर्वाधारमन्त्री नेम्वाङसँगको अन्तर्वार्ताः कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top