Khabar Dabali Logo
  April 3, Fri

कोरोना अपडेट : विश्वभर ४८ हजार थपिए, २३ सय बढीको एकैदिन मृत्यु स्पेनको मृत्यु संख्याले चीनलाई उछिन्यो, अमेरिकामा मात्रै १३ हजार संक्रमित थपिए

विश्वभर ४ लाख ७१ हजार ३५ जनालाई संक्रमित गरेको कोरोनाले हालसम्म २१ हजार २ सय ८३ जनाको ज्यान लिईसकेको छ ।

काठमाडौं । कोरोना भाईरसको महामारीमा रहेको विश्वमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित मात्रै ४८ हजार ४ सय ६१ थपिएका छन् ।

थपिएकाभित्र अमेरिकामा मात्रै १३ हजार ३ सय ४७ रहेका छन् भने स्पेनमा ७ हजार ४ सय ५७ थपिदाँ इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित भेटिएका छन् । पछिल्ला केहीदिनदेखि स्पेनको मृत्युदर उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६सय ५६ जनाले ज्यान गुमाएर कुल मृत्यु संख्या ३ हजार ६ सय ४७ पुगेको छ । यो मृत्यु चीनको भन्दा पनि बढी हो ।

उता इटलीमा नयाँ संक्रमितको संख्या घट्दै गएको देखिएपनि मृत्युको संख्या घटेको छैन । इटलीमा पनि एकैदिन ६ सय ८३ ले ज्यान गुमाएका छन् । अर्कोतिर अमेरिकामा मृत्यु हुनेको संख्या अरु देशको संक्रमितको तुलनामा कम नै छ ६८ हजार २ सय ३ जना संक्रमित हुँदा १ हजार २७ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर ४ लाख ७१ हजार ३५ जनालाई संक्रमित गरेको कोरोनाले हालसम्म २१ हजार २ सय ८३ जनाको ज्यान लिईसकेको छ । पछिल्लो २४ घण्टाभित्रमात्रै २हजार ३ सय ८९ जनाको ज्यान लिएको यो भाईरसको संक्रमणमा नेपालबाट ३ जना मात्रै देखिएका छन् ।

Coronavirus-Update-26-march

चैत १३ गते, २०७६ - ०९:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   

स्पेनमा थप तीन जना नेपालीमा कोरोना

काठमाडौं । स्पेनमा थप तीनजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास...   

काठमाडौंका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, कहाँ–कहाँबाट ? (सूचीसहित)

काठमाडौं । काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदैछ । नेपाल ग्यास उद्योगले बुधबारदेखि शुक्रबारसम्म...   

कोरोना परीक्षण उपकरण धनगढी पुग्यो : अब परिक्षण सुरु हुने

धनगढी । सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका...   

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका...   
सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ। महामारीबाट २००...   
कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top