Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।

सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई स्थितिलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि चार जनालाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले पहिलो दिन केही सवारी साधन नियन्त्रणमा लिएपछि दोस्रो दिन सामान्य अवस्था रहेको बताए । ‘अटेर गरेर लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्नुपरेको छ”, उनले भने, ‘पहिलो दिनको भन्दा दोस्रो दिन सहज भयो, लकडाउनबारे सर्वसाधारणले नबुझेर पनि समस्या देखिएको हो ।’ प्रहरीले माइकिङ गर्दै अत्यावश्क कामबाहेक घरबाहिर ननिस्कन अपिल गर्दै आएको छ ।

‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् । सरकारले खाद्यान्न, तरकारी, चियापसल खुला राख्न आग्रह गरे पनि वीरेन्द्रनगरमा त्यस्ता अधिकांश पसल बन्द छन् । खुद्रा–खाद्यान्न, तरकारी तथा फलफूल पसल बन्द हुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढ्न सक्ने उपभोक्ता अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकले सुरक्षित भएर अत्यावश्कीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई प्रहरी प्रशासनले आग्रह गर्नुपर्ने बताए । उनले भने, ‘लकडाउनका नाममा प्रहरीले नै त्रास फैलाएमा कालोबजारी झन् मौलाउँछ, यस्तो अवस्थामा सुरक्षित उपाय अपनाएर व्यवसायीलाई सरसामान बिक्री गर्नुस् भनेर आग्रह गर्ने हो ।’
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies