Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

क्वारेन्टाइनका लागि नेकपाले दियो आफ्नो पार्टी कार्यालय भवन

खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएकाले दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष देवान किराँती र सचिव रामप्रसाद दंगालको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै सङ्कटको घडीमा राज्यका हरेक कदममा साथ दिनु राजनीतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरिएको छ । नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ ।

“मूलुकमा यसबेला स्वास्थ्य सङ्कटकाल लागू भएको छ, सम्पूर्ण सम्पत्तीमाथि राज्यको नियन्त्रण हुन्छ, राज्यले आवश्यक ठानेको अवस्थामा निजी सम्पत्ति उपयोग गर्न सक्छ”, विज्ञप्तिमा भनिएको छ, “संकटको यो घडीमा राज्यलाई साथ दिनु सबैको दायित्व हो, यो महामारीको सामना गर्न राज्यलाई जस्तोसुकै सहयोग गर्न प्रतिवद्ध छौँ ।”

नेकपाले संकटको यो घडीमा सरकारलाई सहयोग गर्न जिल्लावासीमा समेत अपिल गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । दुई नगरपालिका र आठ गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies