Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

एनसेलले ल्यायो विभिन्न अफरहरु, सम्पर्कमा रहन सहज हुने

काठमाण्डौं । सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाईनै चुनौती दिइरहेको अवस्थामा सञ्चार सेवामाथि निर्वाध पहुँच झनै महत्वपुर्ण हुन्छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती खडा गरेको छ ।यस संकटको घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन ग्राहकहरु सञ्चार सेवामा निर्भर छन् । यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ छ ।

कोरोनाभाइरस रोगबाट बच्न अहिलेको यो परिस्थितिको माग भनेको सामाजिक र भौतिक दुरी कायम गर्दै भीडभाडबाट टाढा रहनु हो । यस्तो विपद्को बेलामा एक अर्कासँग सम्पर्कमा रहिरहन सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ ।

ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको छ ।

प्रिपेड ग्राहकले रु १० देखि रु ५०० सम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् । ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन् । एस्ट्रि«क्स १७१२२ एस्ट्रि«क्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रि«क्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।

त्यस्तै एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई बढाएको छ । यससँगै एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म
सापटी लिन सक्नेछन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स नपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी मात्र रु २ सेवा शुल्कमा सापटी लिन सक्नेछन् ।

त्यस्तै एनसेलले हरेक रिचार्जमा ५० प्रतिशत सम्म बोनस पाइने योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । जस्तै यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५ प्राप्त गर्नेछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु २५० प्राप्त गर्नेछन् । बोनस रकम सोहि दिनको मध्य राती सम्म मान्य हुनेछ ।

यति मात्र हैन, यस विपद्को घडीमा कार्यलयको कामकाज घरबाटै पुरा गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले १५ जिबी डेटा भोलुम सहितको स्पेशल डेटा प्याक स्टे होम प्याक ल्याएको छ । ग्राहकले कर बाहेक मात्र रु २३० (कर सहित २९३.६९) मा यो प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागु हुनेछ । यो प्याकको समयावधि सात दिनको रहेको छ र ग्राहकले मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनपर्ने हुन्छ ।

ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी स्टे होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन् । प्याक अन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्क लाग्नेछ ।

एनसेलको यो योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies