Khabar Dabali Logo
  August 9, Sun

गर्मी मौसममा कोभिड १९ को प्रकोप घट्ला त ? यसो भन्छ अनुसन्धान !

काठमाडौं । संक्रमण हुने थुप्रै रोगको प्रकोप मौसम अनुसार घटीबेसी हुन्छ । फ्लुको प्रकोप विशेषतः चिसो मौसममा आउँछ । टाइफाइड जस्ता रोगको प्रकोप भने गर्मी याममा आउँछ । र गर्मी याममै टाइफाइडको प्रकोप उच्च हुन्छ । दादुराको प्रकोप भने गर्मी मौसममा कमी आउँछ । तर उष्ण क्षेत्रमा भने सुख्खा मौसममा दादुरको प्रकोप बढ्छ ।

सम्भवतः अधिकांश व्यक्तिको जिज्ञासा कोभिड–१९ को संक्रमण फैल्ने पनि कुनै मौसम हुन्छ वा हुन्न भन्ने हुन्छ । पहिलोपटक चीनको वुहान शहरमा मध्य डिसेम्बरमा यसको प्रकोप सुरु भयो र यसको प्रकोप केही दिनभित्रै विश्व महामारीको रुप लियो । यूरोप र अमेरिकामा भने कोभिड–१९ संक्रमितको संख्या उच्च रफ्तारले बढ्दैछ ।

कोभिड–१९ को प्रकोपले महामारीको रुप लिँदा अधिकांश क्षेत्रको मौसम चिसो रहेको छ । र यसले गर्मी मौसमको सुरुसँगै कोभिड–१९ को संक्रमण पातलिदै जाने आशंका र सम्भावना ब्यक्त गरिदैछ । तर प्रायजसो विज्ञले भने गर्मी मौसममा भाइरस मर्ने सम्भावनामाथि आश्रित हुनु जोखिमपूर्ण हुने चेतावनी दिइ सकेकाे छन् । र ती विज्ञको उक्त सचेतना सही रहेको पाइएको छ ।

कोभिड–१९ लाई आधिकारिक रुपमा सार्स–कोभ–२ नामाकरण गरिएको छ । र मौसम अनुसार कोभिड–१९ को संक्रमणमा उतारचढाब आउनेबारे अध्ययन गर्न नयाँ र थोरै मात्रै तथ्याङ्क उपलब्ध छन् । सन् २००३ मा फैलिएको सार्स छिट्टै नै प्रकोपको रुपमा देखियो । र त्यसैकारणले सार्समाथि मौसमको प्रकोपबारे राम्ररी अध्ययन हुन सकेन । तर कोरोना भाइरसको संक्रमण मौसमी प्रकोपको रुपमा मानवमा संक्रमण हुन सक्ने थोरै मात्रै तर्क उपलब्ध छन् ।

इडेनवर्ग विश्वविद्यालयका शोधकत्र्ता केन टेम्प्लेटनले दशवर्ष अघि एक शोध गरेका थिए । उनले आफ्नो शोधमा तीन प्रकारको कोरोना भाइरस फेला पारे । श्वासप्रश्वास सम्बन्धी संक्रमितबाट इडनवर्गको एक अस्पतालबाट बिरामीको नमूना संकलन गरिएको थियो । र उक्त शोधले चिसो मौसममा संक्रमणको जोखिम उच्च रहने देखायो । भाइरसको संक्रमण डिसेम्बरदेखि अप्रिलसम्म बढी हुने देखियो । र यस्तै स्वरुप र स्वभाव इन्फ्लुएन्जामा समेत देखियो ।

तर प्रतिरक्षा क्षमता कमजोर रहेका बिरामीबाट संकलित चौथो नमूनामा भने मौसमको प्रकोप छिटफुट देखियो । कोभिड–१९ को संक्रमण पनि केही हदसम्म मौसम अनुसार फरक पर्ने देखिन्छ । प्रकोपको रुप लिएको कोभिड–१९ चिसो र सुख्खा मौसममा बढी प्राथमिकीरुपले फैल्ने सम्भावना देखिएको छ ।

प्रकाशन हुन नसकेको विश्लेषणसहितको शोधमा विश्वका विभिन्न पाँच सय स्थानबाट नमूना संकलन गरी अध्ययन गरिएको छ । जसले कोभिड–१९ फैलिनुको सम्बन्ध तापक्रम, हावाको गति र सापेक्षिक आद्र्रतामा निर्भर रहने दाबी गरेको छ । अर्को शोधले भने तापक्रमको वृद्धिले कोभिड–१९ को घटना कम हुने सम्बन्ध देखाएको छ । तर उक्त अप्रकाशित शोधले वैश्विक रुपमा तापक्रम मात्रै निर्धारण गर्ने एक मात्रै तत्व हुन नसक्ने प्रष्ट्याएको छ ।

केही अप्रकाशित शोधले भने शितोष्ण तातो र चिसो मौसम प्रकोपको रुपमा हाल देखापरेको कोभिड–१९ को उच्च जोखिममा हुने उल्लेख गरेको छ । विश्वको उष्ण प्रदेशीय क्षेत्रमा भने कोभिड–१९ को संक्रमण कम हुने जनाइएको छ । तर वर्षको प्रत्येक मौसममा संकलन गरिएको वास्तविक तथ्याङ्क नभई उक्त तर्कमा पूर्णरुपले निर्भर हुन नसक्ने जनाइएको छ ।

(उष्ण मौसममा कोभिड–१९ भाइरसको संक्रमण नसर्ने आम बुझाइ छ । विज्ञदेखि शोधकत्र्ताले आ आफ्नै तर्कसहित उक्त संक्रमणमा मौसमको प्रभावबारे विश्लेषण गर्दैछन् । बीबीसीमा रिचर्ड ग्रेले उक्त सम्भावना र आम बुझाइबारे लेखेको आलेखको अनुवादित अशं )

चैत १२ गते, २०७६ - १५:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा ६२ सहित आज ३७८ जनामा कोरोन संक्रमण,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   
टिकटक प्रतिबन्धको परिणाम –चिनियाँ मोबाइल कम्पनि बाहिरियो आइपिएलबाट

टिकटक प्रतिबन्धको परिणाम –चिनियाँ मोबाइल कम्पनि बाहिरियो आइपिएलबाट

काठमाडौं । लद्दाक सिमा क्षेत्रमा चीन र भारतबिच तनाव बढेपछि भारतले बहुचर्चित चिनियाँ एप्स टिकटक लगायत...   
ओम्नीले नपाउने भएपछि प्रकाशित टेण्डर नै रद्द

ओम्नीले नपाउने भएपछि प्रकाशित टेण्डर नै रद्द

काठमाडौं । विवादास्पद कम्पनि ओम्नी ग्रुपले जनकशिक्षा सामाग्री केन्द्रले खरिद गर्न लागेको टेण्डरमा...   
प्रेमराजा महत दम्पत्तिमा कोरोना संक्रमण

प्रेमराजा महत दम्पत्तिमा कोरोना संक्रमण

काठमाडौं । लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण भएको छ । महतले समाजिक संजालमार्फत आफु...   
जनसेनाको क्याम्प रोल्पामा बन्यो यस्तो पहिलो जनयुद्ध संग्रालय

जनसेनाको क्याम्प रोल्पामा बन्यो यस्तो पहिलो जनयुद्ध संग्रालय

रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ। त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा...   

खतरामा काठमाडौं उपत्यका –शुक्रबार थपिए १०६ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जना कोरोना स.क्रमित थपिएका छन् । स्वास्थ्य तथा...   

शुक्रबार ४६४ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । शुक्रबार ४६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
अब स्वाब संकलन घुम्ती सवारी साधनबाट गरिने, यस्तो छ तयारी

अब स्वाब संकलन घुम्ती सवारी साधनबाट गरिने, यस्तो छ तयारी

ललितपुर । नेपाल प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई घुम्ती स्वाब सङ्कलन...   

सवारी पास लिन जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय...   
सुचिमा हेर्नुहोस् –१४ जिल्लाका स्थानीय तहहरुमा लकडाउन

सुचिमा हेर्नुहोस् –१४ जिल्लाका स्थानीय तहहरुमा लकडाउन

काठमाडौं । लकडाउन अन्त्यपछि कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्ला प्रशासन कार्यालय र स्थानीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top