Khabar Dabali Logo
  September 21, Mon

पत्याउनुहुन्छ ? दुई हप्ताअघि कोरोना संक्रमित यि नायिका घरमै बसेर ठिक भईन्

कोरोना भाइरससँग जुधिरहेकी जेम्स बन्ड नायिका ओल्गा कुलिलेंकोले अब आफू पूर्ण रुपमा ठिक भएको जानकारी दिएकी छिन् । ओल्गाले इन्स्टागा्रममार्फत् यसबारे जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सोसल मिडियमार्फत् आफ्नो संक्रमणबारे खबर दिएकी थिइन् । नायिकाका अनुसार उनी संक्रमणका बेला अस्पताल गइनन् ।

आइसोलेशनमा बसिरहेकी ओल्गाले समय–समयमा सोसल मिडियामार्फत् आफ्नो स्वास्थ्यबारे जानकारी पनि दिइरहेकी थिइन् । उनले लेखिन्, ‘म पूर्ण रुपमा स्वस्थ भएकी छु । फेरि बताउने हो भने एक हप्ता मलाई असाध्यै गाह्रो भयो किनभने मलाई उच्च ज्वरो आउँथ्यो र टाउको धेरै नै दुख्ने भएकाले धेरैजसो समय सुतेर नै बिताउँथे । दोस्रो हप्तामा मेरो ज्वरो हरायो तर हल्का कफ र धेरै थकान रह्यो । उनले थपिन्, ‘दोस्रो हप्ताको अन्त्यमा म पूर्ण रुपमा ठिक भए । कफबाट पनि राहत पाएँ । अब म आफ्नो छोरासँग समय बिताइरहेकी छु ।’ नायिकाले आफ्नो प्रशंसकलाई इन्स्टा पोस्टमार्फत् धन्यवाद पनि दिएकी छिन् ।

४० वर्षकी ओल्गा टम क्रुजसँग फिल्म ‘ओब्लिवियन’ र सन् २००७ मा रिलिज भएको फिल्म ‘हिटम्यान’ मा महत्वपूर्ण भूमिका निभाइसकेकी छिन् । उनले हालै ‘द बे अफ साइलेन्स’ को काम पूरा गरेकी छिन् । नायिकाबाहेक ओल्गा निर्माता र लेखिका पनि हुन् ।

चैत १२ गते, २०७६ - १५:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा एकैदिनमा ८६ हजार ९६१ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म...   
भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल आइसियु, चाहे गर्न सकिँदो रहेछ

भक्तपुर । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि...   

शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज...   

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना...   

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन । आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका...   

कोरोना सङ्क्रमित महिलाको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया...   

गुर्जोको रस कोरोना विरुद्ध अचूक

दमौली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ...   
यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

यसरी नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ?

सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको...   

कोरोना सङ्क्रमणबाट कैदीबन्दीको मृत्यु

राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु...   

दाईको मृत्यु भएको दोस्रो दिनमै बेपत्ता भाईको शव फेला

बुटवल । चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top