Khabar Dabali Logo
  April 8, Wed

कोरोनाभाइरस संक्रमित एक व्यक्तिले कति जनालाई सार्न सक्छ ? एक गम्भीर तथ्य

कोरोनाभाइरस बारे गम्भीर तथ्य स् एक संक्रमितले कति जनालाई सार्न सक्छ ?
युनिभर्सिटी कलेज लन्डनमा इन्टेन्सिभ केयर मेडिसिनका प्राध्यापक डा ह्यु मन्टगोमेरीले कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिले ५९ हजारजनालाई संक्रमण सार्न सक्ने बताएका छन् ।

बेलायती टीभी च्यानल ४ सँग कुरा गर्दै डा ह्युले एकजनाबाट हजारौंमा संक्रमण सर्न सक्ने भएकाले मानिसहरूलाई सामाजिक दूरी कायम गर्न अपील गरेका छन् । सामान्य रुघाखोकी लाग्दा एकजनाले औसतमा १.३ देखि १.४ जनालाई संक्रमित बनाउने डा ह्युको भनाइ छ । अर्को संक्रमित व्यक्तिले अन्यलाई संक्रमण सार्दा १० पटक संक्रमण चक्र चल्ने र कुल १४ संक्रमण हुने सम्भावना रहन्छ ।

तर कोरोनाभाइरस चाहिँ एक व्यक्तिबाट औसतमा तीन मानिसमा सर्छ । एकबाट तीनमा सर्दा यो १० तहमा अघि बढ्दै जान्छ र एकजनाले ५९ हजारलाई संक्रमित बनाउँछ । उदाहरणका लागि, एकबाट तीन, तीनबाट नौ, नौबाट २७, २७ बाट ८१, ८१ बाट २४३, २४३ बाट ७२९, ७२९ बाट २१ सय ८७, २१ सय ८७ बाट ६५ सय ६१, ६५ सय ६१ बाट १९ हजार ६८३ र १९ हजार ६८३ बाट ५९ हजार ४९ मानिसमा यो सर्न पुग्छ ।

ह्युले कोरोनाभाइरसका आँकडा खराब भए पनि यसलाई घटाएर देखाउन नहुने बताए । तर संक्रमित भएका मानिसमध्ये केही प्रतिशत मात्र बिरामी पर्ने र तीमध्ये केहीलाई मात्र आईसीयूमा राख्नुपर्ने हुन्छ । यद्यपि बिरामी नपरेकाहरू पनि संक्रमित भएर अन्य मानिसमा भाइरस सारिरहन्छन् ।

चैत १२ गते, २०७६ - १५:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० जना कारवाहीमा

काठमाडौ । उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ ।...   

कोरोना सम्बन्धित राहतमा ट्वीटरका संस्थापक डोर्सेले एक अर्ब डलर सहयोगको घोषणा

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग...   

जुम्लाको नाकाबाट पक्राउ परेका १३ युवा क्वारेन्टाइनमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा...   

साउदीमा चार नेपालीलाई कोरोना सङ्क्रमण, तीन जना निको भई काममा फर्किए

काठमाडौ । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित...   

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य...   

१९ अन्तर्राष्ट्रिय उडान : फर्किए तीन हजार विदेशी

काठमाडौ । विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...   

दूध बिक्रीमा रोक लगाएपछि साँखुवासी आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म, करिब दुई अर्ब जम्मा

काठमाडौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा...   

सलमानले १६ हजार दैनिक ज्यालादारी मजदुरको लागी आर्थिक सहयोग गर्ने

सलमान खानले कोभिड–१९ का कारण लकडाउनका बीच फिल्म उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन...   
बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top