Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तपाईहरु कोही विरामी हुनुहुन्छ ? एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं

“तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एक कल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए । “कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं”, उनले भने, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।” कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । “हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं”, उनले भने ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए ।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए।
देशभर लकडाउन : स्वास्थ्यकर्मी जुवातासमा

कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ ।

तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास रिझेको पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।

गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्र्तगत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए। उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

कोरोनाको त्रास : गाउँघर असुरिक्षत बन्दै, शहर सुरक्षित हुँदै विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।

जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै ।

ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको ठाटीकाँध– १ का नामबहादुर शाहीले बताए । “गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ”, उनले आरोप लगाए ।

“हेल्थ डेस्क राकममा छ । त्यहाँभन्दा सात्तला, टुनीवगर, सिगौडी घर भएका मानिस स्वास्थ्य चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन्”, आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए ।

उनले भने, “गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ । यसले जोखिम बढाएको छ ।”

त्यसैगरि कोभिड– १९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए ।

सङ्क्रमणलाई फैलिन नदिनका लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने निर्णय गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उनले भने, “भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने निर्णय भएको छ ।” भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीयवासी तथा विदेशी नागरिकलाई स्वास्थ्य चेकजाँचका लागि पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडासचिव मार्फत सङ्कलन गर्ने गाउँपालिकाले जनाएको छ ।

दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएकाको लगत सङ्कलन गर्ने काम गरेका छौं । ती सबैलाई स्वास्थ्य चेक जाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई घरदैलो अभियानामा खटाउने छौं ।”

जिल्ला विपद् व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विदेशबाट वा तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies