Khabar Dabali Logo
  April 3, Fri

सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

“लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, – “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

“कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, – “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

“जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।

काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए । अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।

चैत १२ गते, २०७६ - ११:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   

स्पेनमा थप तीन जना नेपालीमा कोरोना

काठमाडौं । स्पेनमा थप तीनजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास...   

काठमाडौंका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, कहाँ–कहाँबाट ? (सूचीसहित)

काठमाडौं । काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदैछ । नेपाल ग्यास उद्योगले बुधबारदेखि शुक्रबारसम्म...   

कोरोना परीक्षण उपकरण धनगढी पुग्यो : अब परिक्षण सुरु हुने

धनगढी । सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका...   

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका...   
सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ। महामारीबाट २००...   
कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top