Khabar Dabali Logo
  June 4, Thu

अपडेट : कहाँ के भयो ? इटली, अमेरिका र स्पेनकाे अवस्था डरलाग्दो तिन देशमा गरी २२ हजार ४६ नयाँ संक्रमित, १५ सय ६८ को एकैदिन मृत्यु

विशेषज्ञहरुले भनेका छन् भाईरसको इपिसेण्टर भारत बन्न सक्छ र अमेरिका पनि अछुतो रहने छैन ।

काठमाडौं । कोरोना भाईरसको आतंक झनझन बढ्दै गईरहेको तथ्यांक सार्वजनिक भईरहेको छ । मंगलबारदेखि विहिबार विहानसम्मको अवस्था हेर्दा विश्वमा नयाँ संक्रमित ४२ हजार ५ सय २२ जना देखिएका छन् भने २२ सय ९६ ले ज्यान गुमाएका छन् ।

इटली, अमेरिकामा तिव्र रुपमा फैलिईरहेको भाइरसले स्पेनमा पनि तिव्रता दिईरहेको छ । इटलीमा एकैदिन ५ हजार २ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन् भने ७ सय ४३ जनाले ज्यान गुमाई कुलमा ६ हजार ८ सय २० मानिसलाई गुमाईसकेको छ ।

उता अमेरिकामा मृत्युदर अन्यत्रभन्दा कम देखिएपनि संक्रमणको संख्या अत्यासलाग्दो छ । ५३ हजार ६ सय ९ जना कुल संक्रमितमध्य ९ हजार ८ सय ७५ पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित हुन् । ६ सय ९८ जनाले ज्यान गुमाईसकेको अमेरिकाभन्दा संक्रमित संख्या कम रहेको स्पेनमा भने ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ । स्पेनमा कुलमा ४२ हजार ५८ संक्रमितमध्य ६ हजार ९ सय २२ पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित हुन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ८० जनाले ज्यान गुमाईसकेका छन् ।

माथिको आँकडा अनुसार इटली, अमेरिका, पछि स्पेनमा तिव्ररुपमा भाईरसले आक्रमण गरिरहेको छ । युरोपियन मुलुकहरुमध्य जर्मनी र फ्रान्सको अवस्था पनि गम्भिर नै छ । यता इरानपनि भाईरसको तिव्र चपेटामा छ । १९ सय ३४ ले ज्यान गुमाईसकेको इरानमा २४ हजार ८ सय ११ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्रै इरानमा १७ सय ६२ संक्रमित भेटिएका छन् ।

हाम्रो छिमेकी राष्ट्र भारतमा पनि नयाँ संक्रमितको संख्या भेटिन छोडेको छैन । ५ सय ३६ कुल संक्रमित संख्या रहेको भारतको जनसंख्या र मोदी सरकारले लगाएको कप्mर्यु उलघंनका दृश्यले निकै डरलाग्दो अवस्थामा भारत रहेको छ । विशेषज्ञहरुले भनेका छन् भाईरसको इपिसेण्टर भारत बन्न सक्छ र अमेरिका पनि अछुतो रहने छैन ।

चैत १२ गते, २०७६ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   

पछिल्लो २४ घण्टामै थपिए २०१ कोरोना सक्रमित, दुई हजार ३ सय पुग्यो संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

काठमाडौं मेडिकल कलेजका अर्का एक डाक्टरलाई नै कोरोना पुष्टी

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top